नेपालमा पहिलो पटक ‘इम्प्याक्ट समिट’ आयोजना हुँदै « Khabarhub

नेपालमा पहिलो पटक ‘इम्प्याक्ट समिट’ आयोजना हुँदै


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विद्यार्थीहरुको नोबेल प्राइजका रुपमा चिनिने हल्ट प्राइजको ‘इम्प्याक्ट समिट’ यस वर्षदेखि नेपालमा पनि हुने भएको छ ।

उक्त इम्प्याक्ट समिट यही अप्रिल २३ देखि २५ सम्म (२०७८ वैशाख १३ देखि १५ सम्म) आयोजना हुन लागेको हो ।

हल्ट प्राइज नेपालमा पहिलो पटक आयोजना हुन लागेको भएता पनि नेपाली विद्यार्थीहरुले यो कार्यक्रममा विगत पाँच वर्षदेखि सहभागिता जनाउँदै आएका छन् ।

हरेक वर्ष विश्वका विभिन्न देशमा आयोजना हुँदै आएको हल्ट प्राइजको ‘इम्प्याक्ट समिट’ आगामी शुक्रबार र शनिबार नेपालमा आयोजना गर्न लागिएको हो ।

विभिन्न चारवटा चरणमा आयोजना हुने हल्ट प्राइजको सुरुवाती अनक्याम्पस चरणबाट छ्नोट भएका विद्यार्थी इम्प्याक्ट समिटमा प्रतिस्पर्धा गर्ने व्यवस्था रहेको छ ।

यस्तै अन्तिम दुई चरणलाई एसिलिएटर नाम दिइएको छ जसको पहिलो चरण बेलायत र अन्तिम चरण अर्थात फाइनल अमेरिकाको न्युयोर्कमा हुन्छ ।

फाइनलमा विजेता हुने एक टिमले फण्डिङ्स बापत १ मिलियन अमेरिकी डलर पाउने व्यवस्था रहेको छ ।

हल्ट प्राइजले विद्यार्थीहरुलाई उद्यमशीलता, नेतृत्व विकास लगायतका तालिम र उदाउँदा व्यवसायीलाई लगानीकर्ताहरुसँग तालमेल गराउँदै आएको आयोजकले जनाएको छ ।

यस वर्ष नेपालका ९० वटा अन्क्यापस चरणका विजेताले हल्ट प्राइजको इम्प्याक्ट समिटमा प्रतिस्पर्धा गर्दैछन् ।

संसारकै सबै भन्दा ठूलो सामाजिक उद्यमशीलताको यो कार्यक्रममा हरेक वर्ष १ सय २१ भन्दा बढी मुलुकबाट तीन हजार भन्दा बढी विश्वविद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने गरेका छन् ।

हल्ट प्राइजले विद्यार्थीहरुलाई उद्यमशीलता नेतृत्व विकास लगायत विभिन्न विषयमा निशुल्क तालिम तथा प्रशिक्षण पनि प्रदान गर्दै आएको छ ।

नेपालको तर्फबाट यस वर्षको इम्प्याक्ट समिटको नेतृत्व हल्ट प्राइज कम्युनिटी होल्डर सुसन गङ्गोलले गर्दैछन् ।

टिमको कोडिनेटरमा जयकिशन परियार, स्पोन्सरसिप कोर्डिनेटर महिमा पाण्डे, मिडिया म्यानेजर कृतिक रावल लगायत अन्य दश जनालाई विभिन्न कार्य विभाजन गरेर खटाइएको छ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : २४ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर