एएफसी कपमा मनाङले भारतीय क्लव मिनर्भासँग अंक बाँड्यो « Khabarhub

एएफसी कपमा मनाङले भारतीय क्लव मिनर्भासँग अंक बाँड्यो


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी कपमा नेपालको लिग च्याम्पियन क्लब मनाङ मर्स्याङदीले भारतीय क्लब मिनर्भा पञ्जावसँग अंक बाडेको छ। बुधबार बेलुकी भएको खेलमा मनाङले घरेलु टोली मिनेर्भासंग २-२ गोलको बराबरी खेलेको हो । भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको खेलमा अग्रता लिएको मिनर्भाविरुद्द मनाङका अभिषेक रिजाल र एडिलाजा सोमीडेले समान एक – एक गोल फर्काए।

मिनेर्भाका लागि श्रेयस गोपालन र करीम नुरेनले एक- एक गोल गरेका थिए । खेलको आठौं मिनेटमा घरेलु टोली मिनर्भाका श्रेयसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

खेलको ४० औं मिनेटमा मनाङले पेनाल्टीको अवसर पाएको थियो । तर, सुजल श्रेष्ठले पेनाल्टीमा गोल गर्न चुक्दा मनाङले बराबरी गर्ने मौका गुमायो ।

दोस्रो हाफमा भने मनाङ खेलमा फर्कियो । खेलको ६९ औं मिनेटमा अभिषेकले गोल गर्दै मनाङलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ८६ औं मिनेटमा मिनेर्भाका नुरेनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए । तर, खेलको ९० औं मिनेटमा सोमीडेले गोल गरेपछि मनाङले २-२ गोलको बराबरी खेलेको हो । एएफसी कपको तेस्रो खेलमा गएर मनाङले अंक तालिकाम १ अंक जोड्न सफल भएको हो।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ७ : ४१ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट