कोरोना संक्रमण बढेपछि बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको ९ बुँदे निर्देशन « Khabarhub

कोरोना संक्रमण बढेपछि बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको ९ बुँदे निर्देशन


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले कोरोनाको दोस्रो लहर तीव्ररुपमा फैलिएपछि जोखिम न्यूनीकरण र सुरक्षित सेवा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गरेको छ।

राष्ट्र बैंकले वित्तीय संस्था नियमन विभागले पूर्ण सजगताका साथ कारोबार सञ्चालन गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई नौ बुँदे निर्देशन जारी गरेको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवाप्रवाह गर्न, सेवाप्रवाहका क्रममा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न निर्देशन दिएको छ।

त्यसैगरी, सेवाग्राहीको भिडभाड नहुने व्यवस्था मिलाउन, भौतिक दूरी काम गर्न तथा यथासम्भव विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न राष्ट्र बैंकको निर्देशन छ।

राष्ट्र बैंकले एटीएम प्रयोगबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राख्न तथा सेनिटाइजरको व्यवस्था गर्न भनेको छ।

संक्रमणको शंका लागेका बिरामीलाई तत्काल आइसोलेट गरी परीक्षण गर्न र कन्ट्र्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनमा राख्न समेत निर्देशन गरेको छ ।

यस्तो छ राष्ट्र बैंकद्वारा जारी सूचना

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १० : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै