पाल्पामा जीप दुर्घटना, ७ जना घाइते | Khabarhub Khabarhub

पाल्पामा जीप दुर्घटना, ७ जना घाइते


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

मित्याल रामपुर सडकखण्ड अन्तरगत खादारबाट रामपुरतर्फ जाँदै गरेको ग १ ज ५७११ नं. को जीप निस्दी- ४ पिपलभन्ज्याङमा दुर्घटना भएको हो ।

दुर्घटनामा निस्दी गाउँपालिका ४ का ७० वर्षीय चुरा बहादुर सुनारी, ६४ वर्षीय फत्त सिंह ठाडाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य ५ जना सामान्य घाइते भएका छन् ।

घाईतेहरुको रामपुर अस्पतालमा उपचार भईरहेको छ । ९ जना सवार रहेको उक्त जीप र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ७ : ४० बजे

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा

विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

काठमाडौं – सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख

साताका समाचार : एमालेले छेक्यो विद्या भण्डारीलाई, तराई-मधेशमा चर्को खडेरी र युद्धमा उत्रिए थाइल्याण्ड र कम्बोडिया

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्