त्रिकोणात्मक टी–ट्वान्टी सिरिज, नेपाल र नेदरल्यान्ड्स खेल्दै « Khabarhub

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज, नेपाल र नेदरल्यान्ड्स खेल्दै


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ- त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र  नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्दैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १:१५ बजे शुरु हुनेछ । नेपाल आज नेदरल्यान्ड्समाथि जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहेको छ ।

सिरिजको दुई खेलमा अपराजित रहेको नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ । आज पनि नेदरल्यान्ड्स हराए नेपाल एक खेल अगावै फाइनल पुग्नेछ ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको नेपाल दोस्रो भेटमा पनि त्यहिँ नतिजा निकाल्ने योजनामा रहेको छ ।

तर, बलियो टिम नेदरल्यान्ड्सविरुद्ध नेपाललाई सहज भने हुने छैन । नेदरल्यान्ड्सले २ खेलमा १ जितसहित २ अंक जोडेको छ । नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ । दुई खेक गुमाएको मलेसियाले अंक जोड्न सकेको छैन ।

राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ९ : १० बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका