त्रिकोणात्मक टी–ट्वान्टी सिरिज, नेपाल र नेदरल्यान्ड्स खेल्दै « Khabarhub

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज, नेपाल र नेदरल्यान्ड्स खेल्दै


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ- त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र  नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्दैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १:१५ बजे शुरु हुनेछ । नेपाल आज नेदरल्यान्ड्समाथि जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहेको छ ।

सिरिजको दुई खेलमा अपराजित रहेको नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ । आज पनि नेदरल्यान्ड्स हराए नेपाल एक खेल अगावै फाइनल पुग्नेछ ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको नेपाल दोस्रो भेटमा पनि त्यहिँ नतिजा निकाल्ने योजनामा रहेको छ ।

तर, बलियो टिम नेदरल्यान्ड्सविरुद्ध नेपाललाई सहज भने हुने छैन । नेदरल्यान्ड्सले २ खेलमा १ जितसहित २ अंक जोडेको छ । नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ । दुई खेक गुमाएको मलेसियाले अंक जोड्न सकेको छैन ।

राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ९ : १० बजे

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका