विद्यालयदेखि फिल्म उद्योगसम्मका यी मिल्ने साथी « Khabarhub

विद्यालयदेखि फिल्म उद्योगसम्मका यी मिल्ने साथी


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– स्कुलमा त धेरै साथीहरु बन्छन् । तर पढाई पुरा भएपछि पनि ती साथीहरुको सम्बन्ध अझ मजबुत बनेको सायद कमैमात्र हुनसक्छ ।

बलिउडका कलाकारहरु पनि आफ्नो विद्यालय जीवनका साथीहरु सम्झन्छन् । तर सायद एउटा कुरा कमैलाई मात्र थाहा होला कि आज बलिउडमा स्थापित भएका केही कलाकारहरु कुनै समयमा एकै विद्यालयमा अध्ययन गर्थे ।

अमर उजालाले विद्यालय समयदेखि नै एकअर्काको मिल्ने साथी रहेका केही कलाकारहरुको बारे एक समाचार तयार पारेको छ ।

अभिनेता अर्जुन कपूर र अभिनेत्री सोनाक्षी सिन्हा विद्यालय समयदेखि नै मिल्ने साथी हुन् । दुबैले मुम्बईको आर्य विद्या मन्दिरमा अध्ययन गरेका हुन् । उनीहरु विद्यालय समयमा मिल्ने साथी नभए पनि एकअर्कालाई राम्रोसँग जान्दथे ।

फिल्ममा आएपछि पनि उनीहरुले आफ्नो पुरानो सम्बन्धलाई यथावत नै राखे । अर्जुन र सोनाक्षीले फिल्म ‘तेवर’मा सँगै अभिनय गरेका छन् ।

अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपूरको जोडीलाई दर्शकले निकै मनपराएका छन् । सायद कमैलाई मात्र थाहा होला कि यो ‘बागी’ जोडी बाल्यकालमा एकै स्कुलमा पढ्थे ।

उनीहरु केथडरल एण्ड जोन केनन स्कुलमा पढेका हुन् । एक अन्तरवार्तामा टाइगरले आफूले श्रद्धालाई स्कुल जीवनमा निकै मनपराउने गरेको बताएका थिए । फिल्ममा यो जोडी ‘बागी’ र ‘बागी ३’मा छन् ।

प्रख्यात फिल्म निर्माता करण जोहार र अभिनेत्री तथा लेखिका ट्वींकल खन्ना बोर्डिङ स्कुलदेखि नै एकअर्कालाई चिन्दछन् । दुवैजना पंचगनीमा रहेको न्यू एरा हाइ स्कुलमा पढ्थे ।

एक शोमा करणले कुनै समय आफ्नो ट्वींकलसँग प्रेम नै रहेको खुलासा गरेका छन् ।

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीकी पत्नी अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीकी पत्नी साक्षी धोनी दुवैले सेन्ट मेरी स्कुलबाट पढाई पुरा गरेका हुन् ।

असमको यो स्कुलमा साक्षी पढ्थिइन् र अनुष्का आफ्नो पिताको सरुवा भएपछि केही समयका लागि यहाँ पढेकी थिइन् ।

पाली हिलको सेन्ट एन स्कुलमा पढ्ने दुई केटा अहिले बलिउडको सुपरस्टार बनेका छन् । हामी यहाँ अभिनेता सलमान खान र आमिर खानको कुरा गर्दैछौं ।

आमिर र सलमान एकै कक्षामा पढ्थे । बलिउडको मिल्ने साथी मानिएका यी दुई अभिनेताले फिल्म ‘अन्दाज अपना अपना’मा सँगै अभिनय गरेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ३ : २५ बजे

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक