नेदरल्याण्ड्ससामू नेपालको २०७ रनको लक्ष्य « Khabarhub

नेदरल्याण्ड्ससामू नेपालको २०७ रनको लक्ष्य


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएको हो ।

ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए ।

नेपालका लागि ओपनर कुशलले लगातार तेस्रो अर्धतशक प्रहार गर्ने क्रममा सर्वाधिक ६२ रन बनाए । उनले नेदरल्याण्ड्स विरुद्ध १३ औं ओभरमा अर्धशतक पूरा गरेका थिए ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको डेढ दशक भन्दा लामो इतिहासमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बनेका छन् ।

यसअघि उनले नेदरल्यण्ड्स र मलेसिया विरुद्ध अर्धशतक प्रहार गरेका थिए । टी-२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी समेत बनेका छन् । यस्तै उनी नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्नेमा दोस्रो स्थानमा उक्लेका छन् ।

उनले नेदरल्याण्ड्स विरुद्ध पहिलो खेलमा डेब्यु गर्दै ६२ रन बनाएका थिए । यस्तै मलेसिया विरुद्ध दोस्रो खेलमा अविजित ६१ रन बनाएका थिए ।

नेपालका लागि पारस खड्काले सर्वाधिक ५ अर्धशतक प्रहार गरेका छन् । पारसपछिको स्थानमा कुशल आएका छन् ।

यस्तै दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै ६० रन बनाए । कप्तान ज्ञानेन्द्र २० रन बनाएर आउट हुँदा नेपालले ६३ रनमा दोस्रो विकेट गुमाएको थियो । त्यसपछि कुशल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै ७८ रनको साझेदारी गरे ।

यस्तै, कुशल मल्ल ७ बलमा १८ रन जोडेर आउट भए । करण केसीले १ रन मात्र जोडे । सोमपाल कामीले १३ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित २१ रन बनाए । विनोद भण्डारी ७ रनमा अविजित रहे ।

बलिङमा नेदरल्याण्ड्सका लागि भिभियन किंग्मा र कप्तान पिटर सिलारले २-२ विकेट लिए । यस्तै बास डे लिड र आर्यन दत्तले समान १ विकेट लिए ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ३ : १५ बजे

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण