नयाँ सत्तासमीकरण बनाउन माओवादी केन्द्रले वार्ता शुरू गर्ने (भिडियोसहित) « Khabarhub

नयाँ सत्तासमीकरण बनाउन माओवादी केन्द्रले वार्ता शुरू गर्ने (भिडियोसहित)


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार गठनका विषयमा अन्य दलसँगको वार्ता र छलफललाई घनिभूत रुपमा तीव्रता दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको नेकपा स्थायी कमिटी बैठकले प्रतिगामी सरकारलाई हटाएर संविधान र लोकतन्त्र पक्षधरको सरकार बनाउने सन्दर्भमा अहिलेसम्म भइरहेको वार्ता र संवादलाई तीव्र रुपमा घनीभूतता दिने र एउटा निर्णय लिने निष्कर्षमा पार्टी पुगेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

हेरौँ भिडियो

वर्तमान सरकारले संविधान, कानुन, लोकतन्त्रलाई संकट पारिरहेको र जनादेश, सामाजिक आर्थिक रुपान्तरण, कम्युनिस्ट आन्दोलनविरुद्ध काम गरेकाले ओलीलाई सरकारबाट हटाउनुको विकल्प नभएको माओवादीको ठहर छ ।

बैठकले प्रतिनिधिसभाको अधिवेशन प्रभावकारीमूलक बनाउनु पर्ने परिस्थितिमा अन्त्य गर्नुसरकारको स्वेच्छाचारी कदमको अभिव्यक्ति भएको निष्कर्ष निकाल्दै भत्र्सनासमेत गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै कोरोना भाइरसको दोस्रो लहर चलेको अवस्थामा सरकार गम्भीर नभएको भन्दै पार्टी पंक्तिलाई कोरोनाबारे जनचेताना फैलाउन र सहजीकरणका लागि परिचालन गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए ।

मंगलबारको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता, बिभिन्न जिम्मेवारीमा रहेका सदस्यहरुको रिपोर्टिङ, पार्टीको विधान संशोधन र आगामी केन्द्रीय कमिटीको तयारी लगायतका कार्यसूची तय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्डले सरकार गठन गर्न दलहरुसँग भएको छलफल सकारात्मक रहेको र एक–दुईदिनमा नै टुंगोमा पुगिने जानकारी गराएका थिए । उनले संवैधानिक निर्वाचन हुन्छ भने त्यो निर्वाचनको सामना गर्न तयार रहेको पनि बताएका थियो । थप एजेन्डामाथि भोलि बुधबार १ बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ६ : १३ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७