कोरोनाले प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका कार्यक्रम ल्याउन महासंघको आग्रह | Khabarhub Khabarhub

कोरोनाले प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका कार्यक्रम ल्याउन महासंघको आग्रह


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघले कोभिड–१९ बाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका कार्यक्रम ल्याउन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ ।

नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी पत्रकार र मिडियाका समस्यालाई सम्बोधन गर्ने गरी बजेट ल्याउन आग्रह गरेको हो ।

सो अवसरमा महासंघका अध्यक्ष विपुल पोख्रेलले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनालाई विशेष प्राथमिकता दिन अनुरोध गरे । उनले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाले पत्रकारको क्षमता अभिवृद्धिका साथै व्यवासायिक र मर्यादित हुन थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।

वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारहरुलाई प्रत्यक्ष लाभ पुग्ने कोभिडबाट अतिप्रभावित पत्रकारहरुलाई थप लेखन वृत्तिको व्यवस्था गर्न जरुरी रहेको बताए । महासचिव रोशन पुरीले पत्रकार कल्याकारी कोषको स्थापना र ज्येष्ठ पत्रकार सम्मान वृत्तिलाई सम्बोधन गर्न आग्रह गरे । उनले श्रमजीवी पत्रकारका समस्या समाधानमा सरकारको सहयोगको अपेक्षा गरे ।

पत्रकार महासंघका पदाधकारीहरुले पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न, नेपाल पत्रकार महासंघको भवनमा पूर्वाधार बढाउन लगायतमा सहयोग गर्न पनि आग्रह गरेका थिए । उनीहरुले पत्रकार महासंघको महाधिवेशन र निर्वाचनका लागि सरकारले आर्थिक सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

सो क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रेस स्वतन्तत्राको प्रवर्द्धन र व्यवसायिक पत्रकारिताको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने बताए । उनले आलोचना र प्रश्नहरु लोकतन्त्रका सुन्दर पक्षहरु रहेको भन्दै तथ्यलाई विशेष ध्यान दिन आवश्यक भएको धारणा व्यक्त गरेका थिए ।

अर्थमन्त्री पौडेलले महासंघका पदाधिकारीले राखेका माग सम्बोधनका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १० : ५९ बजे

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार

आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा