नवदुर्गाको पूजा आराधना गरी चैते दशैँ मनाइयो | Khabarhub Khabarhub

नवदुर्गाको पूजा आराधना गरी चैते दशैँ मनाइयो


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व मंगलबार नेपालीले शक्तिपीठसहित घरघरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट जारी गरिएको स्वास्थ्य मापदण्डबमोजिम भौतिक दूरी कायम गरी शक्तिपीठमा पूजा आराधना एवं दर्शन गरिएको थियो । मन्दिरसम्म नजाने भक्तजनले भने घरघरमै देवीको आराधना गरी मीठामीठा परिकार बनाएर भोजन गरी परिवारका सदस्यबीच रमाइलो गरेर चैते दशैँ पर्व मनाइएका छन् ।

बडादशैँजस्तै चैते दशैँको पूजा उपासनाको मुख्य उद्देश्य पनि यो लोकमा सुख, शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनका लागि हो । बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । यस अवसरमा उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत शक्तिपीठमा चैते दशैँका अवसरमा विशेष पूजा गरिएको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिएको जनाइएको छ ।

आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्छ । चैते दशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन ।

हनुमानढोको दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेषरुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाइन्छ ।

हनुमानढोकामा दिइयो बलि

प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन पनि बलिसहित पूजा गरिन्छ । हनुमानढोकाको मूल चोकमा ५४ बोका र ५४ राँगाको बलिसहित पूजा गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । यसैगरी दशैँ घरमा नौवटा बोका बलिसहित पूजा गरिएको उनले बताए ।

चैत्र शुक्ल प्रतिपदादेखि नै हनुमानढोकास्थित दशैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ गरिएको छ । विसं २०६३ सम्म नारायणहिटी राजदरबारअन्तर्गत रहेको दशैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत छ । गत वर्ष भने चैत्र नवरात्रको अष्टमीका दिन हनुमानढोका दरबारको दशैँ घरमा बन्दाबन्दीका कारण बलिसहितको पूजा रोकिएको थियो । बन्दाबन्दीले पशु, चौपाया ल्याउन समस्या भएकाले रोकिएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : ५० बजे

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल

करिब २ सय ६८ किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-१७ र २० को सिमानास्थित चुम्पुले खोलाको जंगलबाट अवैध लागूऔषध

गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु छैन : मुख्यमन्त्री बानियाँ

पाटन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आम नागरिकको हितका लागि

ओलीको प्रश्न : संविधानले नचिन्ने यो सरकार कसको हो ? न दलको न जेन-जीको ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको

‘ग्लोबल डे अफ एक्शन’का अवसरमा जलवायु न्यायको मागसहित नेपालभर आवाज (तस्बिरहरू)

काठमाडौं– हरेक वर्ष मनाइने’ग्लोबल डे अफ एक्शन’का अवसरमा नेपालभरका अग्रपंक्तिमा