चराजस्तै रणवीरको पहिरन ! « Khabarhub

चराजस्तै रणवीरको पहिरन !


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता रणवीर सिंह आफ्नो फेसन सेन्सका लागि प्रख्यात छन् । यी अभिनेताको पहिरनले हरेकपटक मानिसको ध्यान खिच्दछ ।

उनको क्याजुअल आउटिङ होस् या एयरपोर्ट लुक्स जुनसुकै कपडाहरु मिडियामा बहसको विषय बनिरहन्छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार रणवीरको यिनै पहिरन कलेक्सनलाई एक प्रयोगकर्ताले रंगीबिरंगी चराहरुसँग तुलना गरेका छन् । ती प्रयोगकर्ताको काम हेर्दा रणवीरको कपडा ती चराचुरुंगीबाट प्रेरित हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

रणवीरले लगाएको पहेंलो रंगको सर्टको तस्वीरलाई प्रयोगकर्ताले ब्ल्याक हुडेड ओरियलको फोटोसँग तुलना गरेका छन् ।

त्यस्तै अर्को तस्वीरमा उनलाई मेरुन ओरियलसँग तुलना गरेका छन् ।

रणवीरको ब्ल्याक एण्ड ह्वाइट पोल्का डट सर्टलाई कमन स्टार्लिङसँग तुलना गरिएको छ ।

अर्को तस्वीरमा हरियो निलो रंगको इण्डियन पिटालाई रणवीरको त्यस्तै रंगको कपडासँग तुलना गरिएको छ ।

रणवीरको ‘खलिजी’ लुक्सलाई गिद्धसँग तुलना गरिएको छ । कैयौं मानिसहरुले प्रयोगकर्ताको सिर्जनाको तारिफ गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  २ : ०९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको