बच्चा चोरेर भाग्दै गरेका महतो पक्राउ « Khabarhub

बच्चा चोरेर भाग्दै गरेका महतो पक्राउ


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीमा बच्चा चोरी गरेर भाग्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

बुधबार बिहान औरही नगरपालिका ७ भोईलमा डेढ वर्षीय बालक चारेर भाग्दै गरेको आरोपमा भंगहा नगरपालिका विजलपुराका रञ्जित महतोलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश अर्चायले जानकारी दिए ।

उनका अनुसार महतोलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए । भोइल चोकमा आफ्नै घर अगाडि खेल्दै गरेको स्थानीय सुरेन्द्र महतोका छोरा आदित्य महतोलाई लिएर लिएर जाँदै गरेका उनलाई स्थानीयले देखेर समातेका थिए ।

बच्चा चोरेर भाग्दै गरेको देखेको र स्थानीयहरुले बच्चा चोर भन्दै हल्ला गरेपछि सवैजना मिलेर बच्चा लिएर भाग्ने व्यक्तिलाई समातेको स्थानीयको भनाइ छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीदे घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  २ : १८ बजे

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ