ओलीको विकल्पमा सरकार नबन्ने‍ अवस्था प्रष्ट देखियो : नेता रिजाल | Khabarhub Khabarhub

ओलीको विकल्पमा सरकार नबन्ने‍ अवस्था प्रष्ट देखियो : नेता रिजाल


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता विष्णु रिजालले अहिलेको संसदबाट प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा सरकार नबन्ने अवस्था देखिएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत नेता रिजालले नेकपा माओवादी केन्द्रको निर्णयले अहिले संसदबाट अर्को सरकार बन्ने अवस्था नरहेको टिप्पणी गरेका हुन् ।

माओवादीको बुधबार बसेको स्थायी समिति बैठकले ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेपछि रिजालले यस्तो टिप्पणी आएको हो ।

रिजालले लेखेका छन्, ‘मैले नबुझेको- वस्तुतः यो निर्णय हो कि अनिर्णय ? जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट वैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रस्ट हुँदैन र ?’

https://www.facebook.com/bishnu.rijal/posts/10226704206418028

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ६ : ०५ बजे

हङकङमाथि श्रीलंकाको चार विकेटको जित

काठमाडौं – एसिया कप अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले हङकङलाई

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।