आईपीएलमा चेन्नईको तेस्रो जित « Khabarhub

आईपीएलमा चेन्नईको तेस्रो जित


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएलमा क्रिकेटमा चेन्नई सुपर किङ्सले तेस्रो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई १८ रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो ।

चेन्नईले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ता १९ ओभर १ बलमा अलआउट हुँदै २ सय २ रनमा समेटियो ।

कोलकत्ताका लागि पाट कुमिन्सले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै आन्द्रे रसेलले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा दिनेश कार्तिकले ४० रन बनाए ।

चेन्नईका दीपक चाहरले ४ विकेट लिए । लुंगी एनजिडीले ३ तथा साम कुरानले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रन बनाएको थियो ।

चेन्नईका लागि फाप डु प्लेसिसले अविजित रहदै ९५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रुतुराज गायकवाडले ६४ रनको अर्धशतकीय इनिङ्स खेले ।

जितसँगै चेन्नई लिगको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नईले ४ खेलमा ६ अंक जोडेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ६ : ५४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना