आईपीएलमा चेन्नईको तेस्रो जित « Khabarhub

आईपीएलमा चेन्नईको तेस्रो जित


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएलमा क्रिकेटमा चेन्नई सुपर किङ्सले तेस्रो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई १८ रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो ।

चेन्नईले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ता १९ ओभर १ बलमा अलआउट हुँदै २ सय २ रनमा समेटियो ।

कोलकत्ताका लागि पाट कुमिन्सले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै आन्द्रे रसेलले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा दिनेश कार्तिकले ४० रन बनाए ।

चेन्नईका दीपक चाहरले ४ विकेट लिए । लुंगी एनजिडीले ३ तथा साम कुरानले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रन बनाएको थियो ।

चेन्नईका लागि फाप डु प्लेसिसले अविजित रहदै ९५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रुतुराज गायकवाडले ६४ रनको अर्धशतकीय इनिङ्स खेले ।

जितसँगै चेन्नई लिगको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नईले ४ खेलमा ६ अंक जोडेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ६ : ५४ बजे

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी