एमालेकै नेतृत्वमा मुलुक अघि बढ्छ : प्रधानमन्त्री ओली « Khabarhub

एमालेकै नेतृत्वमा मुलुक अघि बढ्छ : प्रधानमन्त्री ओली

कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने असफल


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले पार्टीविरुद्ध गतिविधि गरिरहेका नेताहरूलाई सङ्केत गर्दै अहिलेसम्मको गल्ती महसुस गरेर पार्टीमा फर्किए काम गर्ने अवसर दिइने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आज बिहान बल्खुस्थित मदननगरमा नेकपा एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै हिँड्नेहरूलाई आफूहरूले कुनै कारबाही नगरेको र पार्टीभित्र समानान्तर गतिविधि गर्नेहरूलाई सम्झाइ बुझाइ गरेर पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको बताए ।

सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन व्यक्तिगत रुपमा नेताहरूसँग छलफल भइरहेको जानकारी दिँदै उनले पार्टीविरुद्ध गुट उपगुट चलाउने अनुशासनहीन र अराजकतासँग समूहगतरुपमा कुनै संवाद र सम्झौता नगर्ने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले पार्टी कब्जा गर्ने र कम्युनिस्ट आन्दोलन कमजोर बनाउँदै माटोमा मिलाउन खोज्नेहरू असफल भइसकेको बताउँदै उनले देशको सामाजिक प्रबन्ध गर्दै मुलुकको नेतृत्व गर्न सक्ने पार्टी नेकपा एमाले नै रहेको बताए ।

आफूले देश निर्माणको अभिभारा छोडेर मुलुकलाई अलपत्र नपार्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अगाडि बढाउन अब पनि नेकपा एमालेकै कुशल नेतृत्व रहने बताए ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १ : ३१ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका