नौ स्रष्टालाई ‘नइ पुरस्कार’ | Khabarhub Khabarhub

नौ स्रष्टालाई ‘नइ पुरस्कार’


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नइ प्रकाशनले नौ स्रष्टालाई २०७७ सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने भएको छ ।

नइ प्रकाशनले सनातन हिन्दु दर्शन र धर्म संस्कृतिको संरक्षण, संबद्र्धन र जागरणका लागि मन, वचन र कर्मबाट समर्पित प्रा.डा.दीर्घराज घिमिरेलाई ‘नइ चन्द्रधन पुरस्कार’, नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको अक्षुणता, संरक्षण र सबद्र्धनका लागि कमल थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ प्रदान गर्ने भएको छ ।

त्यस्तै मैथिली तथा नेपाली भाषा साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा प्रा.डा.राजेन्द्र विमललाई ‘नइ भूपालदुर्गा पुरस्कार’, नेपाल टेलिभिजनको स्थापनाका साथै नेपाली फिल्म, नाटक तथा श्रव्यदृश्यमूलक आम सञ्चारका क्षेत्रमा अग्रणी र ऐतिहासिक योगदानका नीर शाहलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय प्रकाशनले गरेको छ ।

यसैगरी चिकित्सा क्षेत्रमा दीर्घ सेवाका निम्ति सुविख्यात बालविशेषज्ञ डा.मणिन्द्ररञ्जन बराललाई ‘नइ भावि पुरस्कार’, नेपाली कलाका फाँटमा अविछिन्न योगदानका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली चित्रकलाको महिमा र गरिमा बढाए वापत शशीकला तिवारीलाई ‘नइ यउजा पुरस्कार’, नेपाली साहित्यको श्रीवृद्धिमा सिर्जनात्मक र संस्थागत रुपमा क्रियाशील रही विश्व कविता यात्रामार्फत नेपाली भाषासाहित्यको गौरव बढाए बापत वसन्तकुमार चौधरीलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ प्रदान गरिनेछ ।

यस्तै नेपाली गीतसंगीतको संरक्षण सम्बद्र्धन र सम्प्रसारमा प्रभावकारी कृत्य गरी देशदेशान्तरमा नेपाली भाषाको ख्याति बढाएबापत म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मालाई ‘नइ भाजप पुरस्कार’, काठमाडौं उपत्यकाबाहिर रहेर पनि नेपाली भाषासाहित्यको सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्‍याए बापत रुपन्देहीका जंगबहादुर शाहलाई ‘नइ धनरूप पुरस्कार’ प्रदान गर्ने निर्णय प्रकाशनले गरेको छ ।

सबै पुरस्कारको राशी जनही एक लाख रुपैंयाँ छ । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा हालै बसेको नइ प्रकाशनको बैठकले यो निर्णय गरेको हो ।

नइ प्रकाशनको रजत महोत्सव तथा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०२ औं शुभजन्मोत्सवका अवसरमा शताब्दी पुरुषबाट आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुरस्कारहरू प्रदान गरिने प्रकाशनले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ३ : ३० बजे

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

सिरहा – सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत

सामाजिक सञ्जाल नियन्त्रण गर्ने तयारीमा सरकार, ४ वर्षदेखि फेसबुकमाथि प्रतिबन्ध लगाएको युगाण्डाबाट के सिक्ने ?

काठमाडौं– सरकारले फेसबुकलगायत सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन जारी गरेको

रिहा भएपछि ज्ञानेन्द्र शाहीले भने : भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सफल भयौं

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरूको

मधेस प्रिमियर लिग : जनकपुर सनराइज र बलान बिहुल विजयी

सप्तरी – मधेस प्रिमियर लिगअन्तर्गत आज छैटौँ दिन सम्पन्न भएको

अफगानिस्तानमा सवारी दुर्घटना: दुई जनाको मृत्यु, ११ जना घाइते

काबुल – अफगानिस्तानको बघलान प्रान्तमा रहेको सालाङ पासको दक्षिणी भागमा