सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्डबारे अनुगमन « Khabarhub

सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्डबारे अनुगमन


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणको जोखिम बढ्दै गए पनि स्वास्थ्य सावधानीविनै सार्वजनिक सवारीसाधन निर्बाध सञ्चालनमा भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरेको छ ।

बिहीबार काठमाडौंको विभिन्न चोक चोकमा पुगेर अनुगमन टोलीले सार्वजनिक सवारीसाधनमा स्वास्थ्य सावधानी अपनाएको वा नअपनाएको बारे अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मास्क प्रयोग नगर्ने र गाडीमा स्यानिटाइजर नभएको पाइएकाले चेतावनी दिइएको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत राम बहादुर सार्कीले बताए ।

उनले कोरोना संक्रमण रोकथामका लागि काठमाडौंमा सार्वजनिक सवारीसाधान सञ्चालन तथा यात्रामा नयाँ नियम लागु गरिएको र उक्त नियम सवैले पालना गर्नुपर्ने बताए । अबका दिनमा सार्वजनिक यातायातले सरकारको नियम पालना नगरे कारवाही गर्ने उहाले बताए ।

प्रशासन कार्यालयले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गराउने, सवारीसाधनको ढोकामा र भित्र सेनिटाइजर व्यवस्था गर्ने लगाएतका नियम लागू गरेको छ ।

अनुगमनको टोलीमा ट्राफिक महाशाखा र यातायात व्यवसायीको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ९ : ५७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल