ओलीसँगको वार्ताबारे नेपालले भने : केही आश लागेको थियो बाँकी रहेन (भिडियोसहित) « Khabarhub

ओलीसँगको वार्ताबारे नेपालले भने : केही आश लागेको थियो बाँकी रहेन (भिडियोसहित)


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा कुनै प्रगति नभएको वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् ।

बिहीबार होटल मेरियटमा करीव डेढ घण्टा भएको एक्लाएक्लै छलफलमा पार्टी विवादका विषयमा केन्द्रीत रहेको भए पनि खासै प्रगति नभएको उनले बताएका हुन् ।

भेटपछि बाहिरिएका ओलीले भने कुनै प्रतिक्रिया दिएनन् । अर्का नेता नेपालले संक्षिप्त प्रतिक्रिया दिँदै कुराकानीमा कुनै प्रगति नभएको बताए ।

उनले भने, ‘हिजोको छलफलमा केही आश लागेको थियो आज त्यो पनि बाँकी रहेन ।’ उनले मिल्ने सम्भावना पनि नदेखिएको र अब छलफल कहिले हुन्छ भन्ने पनि टुंगो नभएको बताए ।

हेरौँ भिडियो

बिहीबारको भेटका क्रममा मेरियट होटलको झ्यालबाट नेताद्वयले नवनिर्मित धरहराको अवलोकन गरेका थिए । नेताद्वयबीच यसअघि बुधबार पनि मेरियट होटलमै संवाद भएको थियो ।

सरकारको नेतृत्व गरिरहेको संसद्को ठूलो दलका शीर्ष तहमा सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभाको पुनःस्थापना तथा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकतालाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि चरम विवाद उत्पन्न भएको थियो ।

ओलीले नेपालसहित एमालेका २७ सांसदलाई स्पस्टीकरण सोधेर कारबाहीको चेतावनी दिएपछि पार्टीको विवाद थप उत्कर्षमा पुगेको छ । नेपालपक्षले ओलीली विरुद्ध आजै सर्वोच्च रिट निवेदन समेत दर्ता गरिसकेको छ । आइतबार पेसी तोकिएको छ ।

अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको विशेष बैठकबाट भएका निर्णयमा नेता नेपाल र झलनाथ खनाल पक्षले असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गर्दै आएको छ ।

गत चैत २ गतेपछि ओली र नेपालबीच पहिलो पटक हिजो होटल मेरियटमा छलफल भएको हो । अध्यक्ष ओली र नेता नेपालबीच बेग्लाबेग्लै संवाद भएपछि पार्टीमा हुने सक्ने विभाजन रोकिन सक्ने र मुलुकले राजनीतिक स्थिरता पाउन सक्नेमा नेता–कार्यकर्ता र जनस्तरमा सकारात्मक सन्देश प्रवाह भएको थियो ।

तर आजको छलफलले पुनः एमालेको आन्तरिक विवाद सुल्झिनेमा अन्योलता नै देखिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ६ : ४३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल