ओलीसँगको वार्ताबारे नेपालले भने : केही आश लागेको थियो बाँकी रहेन (भिडियोसहित) | Khabarhub Khabarhub

ओलीसँगको वार्ताबारे नेपालले भने : केही आश लागेको थियो बाँकी रहेन (भिडियोसहित)


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा कुनै प्रगति नभएको वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् ।

बिहीबार होटल मेरियटमा करीव डेढ घण्टा भएको एक्लाएक्लै छलफलमा पार्टी विवादका विषयमा केन्द्रीत रहेको भए पनि खासै प्रगति नभएको उनले बताएका हुन् ।

भेटपछि बाहिरिएका ओलीले भने कुनै प्रतिक्रिया दिएनन् । अर्का नेता नेपालले संक्षिप्त प्रतिक्रिया दिँदै कुराकानीमा कुनै प्रगति नभएको बताए ।

उनले भने, ‘हिजोको छलफलमा केही आश लागेको थियो आज त्यो पनि बाँकी रहेन ।’ उनले मिल्ने सम्भावना पनि नदेखिएको र अब छलफल कहिले हुन्छ भन्ने पनि टुंगो नभएको बताए ।

हेरौँ भिडियो

बिहीबारको भेटका क्रममा मेरियट होटलको झ्यालबाट नेताद्वयले नवनिर्मित धरहराको अवलोकन गरेका थिए । नेताद्वयबीच यसअघि बुधबार पनि मेरियट होटलमै संवाद भएको थियो ।

सरकारको नेतृत्व गरिरहेको संसद्को ठूलो दलका शीर्ष तहमा सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभाको पुनःस्थापना तथा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकतालाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि चरम विवाद उत्पन्न भएको थियो ।

ओलीले नेपालसहित एमालेका २७ सांसदलाई स्पस्टीकरण सोधेर कारबाहीको चेतावनी दिएपछि पार्टीको विवाद थप उत्कर्षमा पुगेको छ । नेपालपक्षले ओलीली विरुद्ध आजै सर्वोच्च रिट निवेदन समेत दर्ता गरिसकेको छ । आइतबार पेसी तोकिएको छ ।

अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको विशेष बैठकबाट भएका निर्णयमा नेता नेपाल र झलनाथ खनाल पक्षले असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गर्दै आएको छ ।

गत चैत २ गतेपछि ओली र नेपालबीच पहिलो पटक हिजो होटल मेरियटमा छलफल भएको हो । अध्यक्ष ओली र नेता नेपालबीच बेग्लाबेग्लै संवाद भएपछि पार्टीमा हुने सक्ने विभाजन रोकिन सक्ने र मुलुकले राजनीतिक स्थिरता पाउन सक्नेमा नेता–कार्यकर्ता र जनस्तरमा सकारात्मक सन्देश प्रवाह भएको थियो ।

तर आजको छलफलले पुनः एमालेको आन्तरिक विवाद सुल्झिनेमा अन्योलता नै देखिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ६ : ४३ बजे

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने-लगातार उभिन गाह्रै हुन्छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठकबाट बाहिरिएका छन्

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ४२ प्रतिशत बजेट खर्च

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको