छुटाछुट्टै घटनामा दुई जनाको मृत्यु « Khabarhub

छुटाछुट्टै घटनामा दुई जनाको मृत्यु


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक- झापामा छुटाछुट्टै घटनामा दुई बालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ बुधबारेस्थित पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने कमलमा अर्का बालकको रुखको हाँगोले लागेर ज्यान गएको छ ।

बुद्धशान्ति–३ स्थित विनोद मोक्तानको माछापोखरीमा साँझ ५:३० बजेतिर पौडी खेल्ने क्रममा स्थानीयवासी हरिप्रसाद पौडेलका १३ वर्षीय छोरा नितेश पौडेलको ज्यान गएको हो ।

स्थानीयवासी धनबहादुर चौहानका छोरा १४ वर्षीय सुजन चौहानसँगै नितेश स्कुलबाट फर्किने क्रममा माछापोखरीमा पौडी खेल्न गएका थिए ।

पोखरीमा पसेका सुजनलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि लिभिङ होप अस्पताल पुर्‍याएका थिए । नितेश डुबेर बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएर पोखरीको पानी सुकाई खोजतलास गर्ने क्रममा साँझ ७ बजे पोखरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए  ।

यसैगरी कमलगाउँपालिका–५ सीतापुरीका राम राईका आठ वर्षीय छोरा योजल राईको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।

बिहीबार बुवासँग सोही स्थानमा रहेको रतुवामाई वृक्षरोपणको नर्सरीमा दाउरा टिप्न गएका अवस्थामा हावाहुरीले मसलाको रुखको हाँगा भाँचिएर लाग्दा घाइते भएका योजलको उपचारका लागि दमक अस्पताल दमकमा पुर्‍याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ७ : ४२ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील