एमाले बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदनमा छलफल गरिँदै « Khabarhub

एमाले बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदनमा छलफल गरिँदै

खनाल-नेपाल समूहका नेताहरूको प्रष्टिकरणको अध्ययन गरिने


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन र सांगठानिक प्रतिबेदन छलफल गरेर पास गर्ने तयारी भएको नेता विशाल भट्टराईले जानकारी दिए ।

सांगठनिक प्रतिबेदनअनुसार नेताहरूको कार्यविभाजनको समेत तयारी भएको छ । ओलीले आफू अनुकुलका नेताहरूलाई जिल्लामा इञ्चार्ज तोक्नेसमेत तयारी गरेको जनाइएको छ ।

केन्दीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले प्रतिवेदन तयार पारेको छ ।

बैठकमा प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई सोधिएको स्पष्टीकरणको जवाफबारे पनि अध्ययन हुने भट्टराईले जानकारी दिए ।

‘उनीहरुको जवाफ अध्ययन गरेर के कस्तो कदम चाल्ने भन्नेबारे बैठकमा छलफल हुनेछ, सम्भवत आजै कारबाहीको निर्णय नहुन सक्छ, भट्टराईले भने ।

बैशाख ६ गते बसेको बैठकले वरिष्ठ नेता माधकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टिकरण सोधेको थियो ।

प्रष्टिकरणपछि विवाद समाधानका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार र विहीबार वार्ता भए पनि विवाद मिलेको छैन ।

ओलीले बिहीबार राति नै नेता बामदेव गौतमलाई पनि भेटेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : ४५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना