ओलीले गठन गरेको स्थायी कमिटीमा नेपाल समूहका नेता परेनन् (भिडियोसहित) « Khabarhub

ओलीले गठन गरेको स्थायी कमिटीमा नेपाल समूहका नेता परेनन् (भिडियोसहित)

वामदेवसहित माओवादीबाट एमाले प्रवेश गरेका नेता थपिए


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ स्थायी कमिटी गठन गरेका छन् ।

स्थायी कमिटीमा नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका नेताहरु रामबहादुर थापा बादलसहित लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालाई समावेश गरे पनि नेकपा एमालेकै माधव नेपाल समूहका नेतालाई समावेश गरेका छैनन् ।

हेरौँ भिडियो

स्थायी किमटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् ।

एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।

बिहीबार नै नेता माधवकुमार नेपालसँग पनि ओलीले छलफल गरेका थिए । तर नेपालले ओलीसँगको वार्तापछि सहमतिको कुनै संकेत नदेखेको बताएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : ५४ बजे

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी