कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई निष्कासन गर्ने एमालेको निर्णय « Khabarhub

कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई निष्कासन गर्ने एमालेको निर्णय


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा (एमाले)ले कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई निष्कासन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले कर्णाली प्रदेशसभामा पार्टीको ह्विप उल्लङ्घन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार प्रदेशसभा सदस्यलाई पार्टी सदस्य र प्रदेशसभा सदस्य नरहने गरी कारवाही गरेको हो ।

बैठकले प्रदेशसभासद् प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निष्काशन गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

कारबाहीमा परेकाहरु प्रदेशसभा सदस्य नरहेको जानकारी प्रदेशसभालाई जानकारी गराइने उनले बताए ।

बैठकले स्थायी कमिटीमा हेरफेर गरी तत्कालका लागि १९ जनालाई स्थायी कमिटी सदस्य कायम गरेको छ । त्यस्तै प्रतिनिधिसभामा रहेका २७ नेतामाथि सोधिएको स्पष्टीकरणबारे अध्ययन गरी निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बैठकले केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन गरेको छ । जसअनुसार भूगोल, विभाग र जनसंगठनको जिम्मेवारी दिइएको छ ।

त्यस्तै बैठकले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमाथि प्राप्त सुझाव ग्रहण गरी एकीकृतरुप दिइएको उनले बताए ।

बैठकले समसामयिक विषयमा ११ बुँदे प्रस्ताव पारित गरेको छ । पारित प्रस्तावमा पार्टीमा समानान्तर गतिविधि रोकेर पार्टी एकताको मूल प्रवाहमा फर्कन आग्रह गर्दै जनप्रतिनिधिलाई उम्मेदारी दिने पार्टी र आफूलाई मत दिने जनताको सम्मान गर्न आग्रह गरेको छ । मूल प्रवाहमा फर्कने नेता –कार्यकर्तालाई सम्मानका साथ उचित जिम्मेवारी दिइने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बैठकले कोभिड १९ को रोकथाममा जुट्न सबैमा तथा उपनिर्वाचनको तयारीका लागि तयार रहन कार्यकर्तालाई आग्रह गरेको छ । यस्तै सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँगको सहमतिलाई स्वागत गर्दै शान्ति र विकासतर्फको यात्रा आरम्भका लागि नेपाल सरकारलाई धन्यवाद दिइएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय चुनावका लागि तयार रहन निर्देशन दिएका थिए । उनले कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा पार्टी पंक्ति परिचालित हुन पनि निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ४ : ३६ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील