काठमाडौँ उपत्यकामा थपिए ९४० कोरोना संक्रमित | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ९४० कोरोना संक्रमित


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७६०, भक्तपुरमा ७४ र ललितपुरमा १०६ जना गरी उपत्यकामा ९४० जनामा कोरोना पुष्टि भएको हो ।

यो सहित नेपालमा नेपालमा पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २४४९ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

८ हजार ७९८ जनाको पीसीआर र ८६६ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

यसैगरी २४ घण्टामा ४१० जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ । निको हुनेको दर ९३.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १२२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १४,७२४ पुगेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ४ : ५१ बजे

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली

फेवा सीमाङ्कन : पोखरा पर्यटन परिषदबाट विरोध, होटल संघ समर्थनमा

पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक