बर्दिया कांग्रेसका कार्यवहाक सभापतिसहित ४४ जनाले दिए सामूहिक राजीनामा (पत्रसहित) « Khabarhub

बर्दिया कांग्रेसका कार्यवहाक सभापतिसहित ४४ जनाले दिए सामूहिक राजीनामा (पत्रसहित)


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुरली गोडिया

काठमाडौँ– गुण्डा लगाएर कार्यवहाक सभापतिसहितलाई हातपात गरेको भन्दै नेपाली कांग्रेस बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्।

बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले गुण्डा परिचालन गरी कार्यवहाक सभापति मिश्रीलाल यादव लगायतमाथि  हातपात गर्नुका साथै कार्यालय बन्द गरेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएको जनाएका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशन सम्पन्न गर्ने महत्त्वपूर्ण समयमा पार्टीका नेताहरूमाथि गुन्डा परिचालन गर्ने, हातपात तथा मान-सम्मानमा गम्भीर आँच आउने कार्य भएको हुँदा काम गर्न सक्ने अवस्था नरहेको सामूहिक राजीनामा पत्रमा जनाइएको छ ।

राजीनामा पत्रमा भनिएको छ, ‘यो विषम परिस्थितिमा पार्टी कार्यालयमा तालाबन्धदी गरी बाहिर गुण्डाहरु परिचालन गरेकाले हामी पार्टीमा काम गर्न असमर्थ रहेका छौँ, आ-आफ्नो पदबाट राजीनामा दिएका छौँ ।’

शुक्रबार गुलरियामा अयोजित पत्रकार सम्मेलनमा कार्यबाहक सभापति मिश्रीलाल यादवले यस्तो कार्य निन्दनीय भएको बताए ।

पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने महत्वपूर्ण समयमा पार्टीको काम खटिरहेका आफूहरुमाथि बर्दिया क्षेत्र नं. १ का क्षेत्रीय सभापति मुक्तिनाथ यादव, पूर्व सचिव तेज बहादुर भाट लगायतका व्यक्तिहरूले हातपात गरेको तथा  कार्यालयको सचिवालय कक्षमा गई नेताहरुलाई लछारपछार गरी तालाबन्दी गरेको पत्रमा जनाइएको छ ।

यस्तो छ सामूहिक राजीनामा पत्र

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ५ : १८ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल