फाइभजीको काम हुवावेलाई दिने निर्णय चुहाएको भन्दै बेलायती रक्षामन्त्री बर्खास्त « Khabarhub

फाइभजीको काम हुवावेलाई दिने निर्णय चुहाएको भन्दै बेलायती रक्षामन्त्री बर्खास्त


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– चिनियाँ दूरसञ्चार कम्पनी हुवावेबारे सूचना चुहाएको भन्दै बेलायती प्रधानमन्त्री टेरिजा मेले रक्षामन्त्री गेभिन विलियमसनलाई बर्खास्त गरेकी छिन् ।

प्रधानमन्त्री मेले पत्र लेख्दै विलियमसनप्रति आफ्नो र बेलायती मन्त्रिपरिषद्को विश्वास नरहेको भन्दै उनलाई मन्त्रिपरिषद्मा राख्न नसकिने जनाएकी हुन् ।

बेलायतमा पाँचौ पुस्ताको मोबाइल इन्टरनेट ‘फाइभजी’ निर्माण गर्न चिनियाँ कम्पनी हुवावेलाई अनुमति दिने निर्णय बाहिर ल्याउनुमा उनको भूमिका रहेको भन्ने आरोप लागेपछि उनी विवादमा तानिएका थिए ।

गत अप्रिल २३ मा भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा हुवावेलाई बेलायतमा फाइभजी मोबाइल इन्टरनेट निर्माण गर्न दिने निर्णय भएको गोप्य सूचना बेलायतको अखबार डेली टेलिग्राफले बाहिर ल्याएको थियो ।

त्यसबाहेक बेलायतका विपक्षी दलका सांसद्हरुले विलियमसनविरुद्ध आपराधिक अभियोगमा प्रहरीले अनुसन्धान गर्नुपर्ने माग राखेका छन् ।

विलियमसनले भने आफूलाई बलिको बोको बनाइएको र आफूले कुनै गोप्य सूचना नचुहाएको दाबी गरेका छन् । विलियमसनले आफू र राष्ट्रिय सुरक्षा सल्लाहकार मार्क सेडविलको सम्बन्ध राम्रो नभएकाले पनि आफूविरुद्ध षड्यन्त्र भएको हुनसक्ने जनाएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  १२ : ४२ बजे

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति

राष्ट्रपति पौडेल जापानको टोकियोमा

काठमाडौं – चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तानले गर्‍यो विश्वकपमा भारतसँगको खेल बहिष्कार

काठमाडौं – पाकिस्तान सरकारले आईसीसी टी-२० विश्वकपमा भारतसँगको खेल बहिष्कार