नवलपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १६ घाइते « Khabarhub

नवलपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १६ घाइते


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको बुलिङटारमा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक दिलीपकुमारी गिरीका अनुसार नवलपुरको दलदलेबाट पाल्पाको रामपुर जाँदै गरेको लु १ ज ३७१० नम्बरको जीप बुलिङटार गाउँपालिका–६, अत्रौलीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी पाल्पा रामपुर–४ बस्ने २३ वर्षीय अजय विकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए ।घाइतेमध्ये पाँच जनाको नारायणी सामुदायिक अस्पताल भरतपुर र ११ जनाको डेढगाउँस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

घाइतेमध्ये भरतपुरमा उपचाररत बौदिकाली गाउँपालिका घर भएका मोहन लामिछाने र खिमबहादुर मास्कीको अवस्था गम्भीर रहेको उनले बताए ।

जीपमा १७ जना सवार थिए । जीपका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए । जीपको ब्रेक फेल भएपछि सडकदेखि ५० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : ३७ बजे

संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता

काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ

सोल- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा