लामखुट्टेको टोकाइबाट बच्ने ५ उपाय « Khabarhub

लामखुट्टेको टोकाइबाट बच्ने ५ उपाय


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसम शुरू भएसँगै तराई र पहाडी जिल्लामा लामखुट्टेको प्रकोप पनि बढ्न थालेको छ । लामखुट्टेको टोकाईबाट कतिपय रोगहरु लाग्ने गर्दछ भने केही रोग सर्ने समेत हुन्छ । त्यसैले यसको टोकाइबाट बच्नु पर्छ । तर कसरी ?

१. पानी जम्न नदिने
लामखुट्टे पानि जम्ने भाडा, खाल्डा, नाला वा धेरै लामो समयदेखि पानी राखिएको स्थानमा बस्ने, अण्डा पार्ने र बच्चा हुर्काउनेसम्म गर्दछ । त्यसैले यसलाई निर्मूल पार्न लामखुट्टे हुर्कन नदिनु नै उत्तम उपाय हो । यसकालागि ती स्थानमा पानी जम्न नदिने ।

२. सरसफाई
लामखुट्टेले फोहोरमा आश्रय लिन्छ । साथै प्रदूषित स्थानमा यो चाडै फैलन्छ । त्यसैले लामखुट्टेबाट बच्न घर आसपासको सरसफाई सबैभन्दा महत्वपुर्ण हुन्छ ।

३. झ्याल ढोकामा जाली
गर्मी मौसममा कोठामा हावा आउजाउ गर्न झ्याल ढोका खोलिन्छ । तर यसरी झ्याल ढोका खुल्ला छाड्दा लामखुट्टे कोठामा पस्ने गर्दछ । त्यसैले झ्याल ढोकामा जाली लगाउनु पर्दछ ।

४. झुलको प्रयोग
लामखु्ट्टेको टोकाईबाट बच्न सबैले प्रयोग गर्ने विधि भनेको धूपको प्रयोग हो । अझ अहिले बजारमा विद्युतिय धूप झ्यापझ्याप्ती पाइन्छ । तर, यस्ता धूपको रातभर प्रयोग गर्दा श्वास प्रश्वासमा असर पर्ने गर्दछ । अझ दमको रोगीहरुका लागि त यो झनै हानिकारक छ । त्यसैले सकेसम्म झुलको प्रयोग गर्नु नै उपयोगी हुन्छ ।

५. वैकल्पिक उपाय
लामखुट्टे भगाउनका लागि केही घरेलु उपाय पनि अपनाउन सकिन्छ । जस्तो कोठामा कपुर जलाएर केही मिनेट सबै झ्याल ढोका बन्द गर्ने । यसो गर्दा घरभित्र पसेको लामखुट्टे मर्छ । घरको झ्याल ढोकामा तुलसीको बोट रोप्नाले पनि लामखुट्टेको प्रकोप कम हुने बताइन्छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ११ : ३५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना