प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे धरहरा « Khabarhub

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे धरहरा


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुनर्निर्मित धरहरा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । आज आयोजित पुनर्निर्मित धरहरा उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् ।

वि.सं. २०७२ वैशाख १२ गते आएको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिकै यो नयाँ धरहरा निर्माण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरालाई पुनर्निर्माण गरेको हो ।

No description available.

पुनर्निर्मित धरहरा बाहिरबाट ११ तला देखिने तर भित्र २२ तलाको रहेको छ । मौलिकताको सम्बर्द्धन गर्दै आधुनिक रुप समेत यसमा दिइएको प्राधिकरणले जनाएको छ ।

धरहरामा विद्युतीय लिफ्ट र भर्‍याङको समेत व्यवस्था गरिएको छ । २२ औं तलामा महादेवको मुर्ति राखिएको छ । २०७२ फागुन ४ गते तत्कालिन प्रधानमन्त्री ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान घोषणा गरेका थिए । २०७५ पुस १२ गते प्रधानमन्त्री ओलीले धरहराको शिलान्यास गरेका थिए ।

No description available.

पुनर्निर्मित धरहरा उद्घाटन समारोहमा धरहरा भत्कँदा घाइते भइ ज्यान जोगाउन सफल भएका व्यक्तिलाई सम्मान गरिएको छ । त्यस्तै धरहरा पुनर्निर्माणमा सहयोग पुर्‍याउने व्यक्तिलाई सम्मान गरिएको छ ।

No description available.

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १२ : ०६ बजे

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने