मेचीका स्वास्थ्यकर्मीले अझै पाएनन् कोभिड जोखिम भत्ता | Khabarhub Khabarhub

मेचीका स्वास्थ्यकर्मीले अझै पाएनन् कोभिड जोखिम भत्ता


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्रगतिमा फैलिइरहेको छ । अन्य क्षेत्रभन्दा बढी जोखिम मोलेर स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन् । ज्यानको प्रवाह नगरी अग्रभागमा खटिएका मेची प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले पहिलो लहरकै बेलाको कोभिड जोखिम भत्ता पाएका छैनन् ।

जोखिमको भयावहस्थितिमा सरकारले एक वर्षसम्म भत्ता दिने निर्णय गरेको थियो । जोखिममा काम गर्दा भत्ता नदिइएपछि मेची अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी निराश बनेका अस्पतालका सुपरिन्टेन्डेन्ट डा पिताम्बर ठाकुरले बताए ।

“कोभिड–१९ को पहिलो लहर सकिएर दोस्रो सुरु भयो, जोखिम उत्तिकै छ”, डा ठाकुरले गुनासो गर्दै भने, “गतवर्षको भत्ता समेत दिइएको छैन, स्वाथ्यकर्मी र कर्मचारी निराश छन् ।” प्रदेश नं १ सरकारले गत आर्थिक वर्षको चार महिना र चालु आर्थिक वर्षको छ महिनाको जोखिम भत्ता दिनुपर्ने हो । गत आवको दुई महिना अर्थात् चैत र वैशाखको मात्र भत्ता सरकारले उपलब्ध गराएको थियो ।

अस्पतालले गत आवको चार महिनाका लागि जोखिम भत्ता भुक्तानीका लागि सरकारसँग रु एक करोड २० लाख माग गरेको थियो । सरकारले दुई महिनाको रु ६० लाख मात्र पठाइदिएको अस्पतालका लेखा अधिकृत मनोज पोखरेलले बताए । उनका अनुसार अग्रभागमा रहेर काम गर्ने ३२ जनाले एक सय प्रतिशत, मध्यभागमा रहेर काम गर्ने पाँच जनाले ७५ प्रतिशत र बाँकी १६९ जनाले ५० प्रतिशतका दरले दुई महिनाको मात्र भत्ता पाएका छन् ।

खुला सीमानाका कारण झापामा कोरोना सङ्क्रमणका बिरामी दैनिक बढिरहेका छन् । अस्पतालमा ७५ बेडको छुट्टै कोभिड अस्पताल नै सञ्चालनमा रहेको छ । जिल्लामा दैनिक १२ देखि १५ जना कोभिडका सङ्क्रमणका बिरामी भइरहेको डा ठाकुरको भनाइ छ । उनले अस्पतालको बेडमा भने हाल तीन जना मात्र बिरामी रहेको जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ३ : ३० बजे

बाढीपहिरो अपडेट : २२८ जनाको मृत्यु, २५ जना बेपत्ता

काठमाडौं– यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै भएको

इरानको मिसाइल आक्रमणपछि इजरायलको पक्षमा बोल्यो अमेरिका

न्युयोर्क – इरानको मिसाइल आक्रमपछि अमेरिका इजरायलको पक्षमा बोलेको छ।

सोह्रश्राद्ध सकिँदै, औँसी श्राद्ध आज

काठमाडौं– आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन ।

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक आज

च्याम्पियन्स लिगमा गोलको वर्षा : सेल्टिकको पोस्टमा डर्टमन्डको ७ गोल

काठमाडौं – नयाँ च्याम्पियन्स लिग संरचनामा आर्सनलले पहिलो जित हात