अभिनेत्री गौरी लेख्छिन्, ‘धरहरा उठ्यो, मेरो ओठमा गर्वको मुस्कान छैन’ « Khabarhub

अभिनेत्री गौरी लेख्छिन्, ‘धरहरा उठ्यो, मेरो ओठमा गर्वको मुस्कान छैन’


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि ढलेको धरहरा ६ वर्षपछि वैशाख ११ अर्थात् आजबाट औपचारिक रुपमा उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओली धरहराको उद्घाटन गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले धरहराको नयाँ स्वरुपको तस्वीर राखेर खुशी व्यक्त गरिरहेका छन् । कतिपयले भने कोभिडको यो महामारीमा धरहरामा लगानी गर्ने रकम अस्पताल निर्माणमा खर्च गरेको भए झन राम्रो हुने थियो भन्दै सुझावसहितको आलोचना गरिरहेका छन् ।

यही मेसोमा अभिनेत्री गौरी मल्लले पनि फेसबुकमा एक स्टाटस लेख्दै धरहराले बलियो बनोट पाएकोले सानले एकपटक आफ्नो शीर ठाडो बनाउन सक्षम बनेको उल्लेख गरेकी छन् ।

‘धरहरा पटक–पटक ढल्यो र पटक–पटक उठ्यो पनि । लाग्छ यो पाली धरहराले बलियो बनोट पाएको छ । सानले पुनः एक पटक आफ्नो शिर ठाडो बनाउन सक्षम बन्यो,’ उनी लेख्छिन्, ‘धरहरा त उठ्यो र पनि मेरो ओंठमा गर्वको मुस्कान छैन । धरहराले जस्तै मेरो देशले कहिले उठ्न पाउने ? मेरा देशवासीको पनि धरहराको जस्तै त्यो बलियो जग भएको जीवनस्तर कहिले बन्ने ?’

उनी अगाडि लेख्छिन्, ‘हरेक कोण–कोणबाट गिराइसकिएको मेरो देशले सानले फेरी कहिले शिर उठाउन पाउने..? धरहराले जस्तै….. ! हो, धरहरा त उठ्यो तर हामी कहिले उठ्ने ???’

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  २ : ३० बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा