प्रदेश सरकारको पहिलो भवन शिलान्यास | Khabarhub Khabarhub

प्रदेश सरकारको पहिलो भवन शिलान्यास


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारको आफ्नै भवनको पहिलो पटक लेखा नियन्त्रक कार्यालय सुर्खेतको शिलान्यास गरिएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीले आज सो भवनको शिलान्यास गरेकी हुन् । उनले मुलुक सङ्घीयतामा गइसकेपछि पहिलो पटक प्रदेश सरकारअन्तरगतको भवन शिलन्यास हुनु सुखद् क्षण भएको बताइन ।

प्रदेश लेखा नियन्त्रक कार्यालय भूकम्प प्रतिरोधात्मक र गुणस्तरयुक्त बनाउन निर्माण कम्पनीलाई निर्देशन दिँदै उनले भवन भनेको यस्तो पो हो भन्ने गरी काम देखाउन आग्रह गरे ।

प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले आर्थिक मामिला तथा योजना मन्त्रालयको चालु आव ०७७/०७८ मा विनियोजित बजेट रु तीन करोड ५३ लाख ९३ हजार ४९४ मा उक्त भवन निर्माण हुने बताए ।

प्रदेश सरकारको आफ्नो जग्गा नहुँदा सङ्घीय सरकारअन्तर्गत स्थानीय सरकारबाट भोगाधिकार लिएर भवन निर्माणकार्य शुरु गरिएको उनले बताए ।

उक्त भवन निर्माण्का लागि गत चैत २२ गते निर्माण सम्झौता गरेको शिवशक्त चक्रेश्वरी कन्स्ट्रक्सन प्रालि काठमाडौँले २०७९ चैत २१ गते सम्पन्न गर्ने गरी जिम्मा लिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ४ : २० बजे

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू