डोकोमा बोकेर बिरामीलाई अस्पताल पुर्‍याउनुपर्ने अवस्था अन्त्य | Khabarhub Khabarhub

डोकोमा बोकेर बिरामीलाई अस्पताल पुर्‍याउनुपर्ने अवस्था अन्त्य


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्लाको बर्छैन स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ । नेपाल भारत विश्व मैत्री सङ्घका वरिष्ठ उपाध्यक्ष पद्मराज जोशीको पहलमा भारतीय दूतावासले उक्त एम्बुलेन्स प्रदान गरेको हो ।

दूतावासले प्रदान गरेको उक्त एम्बुलेन्स बडिकेदार गाउँपालिका–१ देवलीमा रहेको बर्छैन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य कार्यालय डोटी र भारतीय दूतावासले उक्त एम्बुलेन्स एक कार्यक्रमबीच बर्छैन स्वास्थ्य चौकीका निमित्त स्वास्थ्य प्रमुख भूपेन्द्रबहादुर शाहलाई हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

एम्बुलेन्स स्वास्थ्यमा आएपछि बिरामीलाई डोकोमा बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यताको अन्त्य हुने र सहजरूपमा स्थानीयलाई सेवा मिल्नेनिमित्त स्वास्थ्य प्रमुख शाहले बताए । उनले भने, “एम्बुलेन्स नहुँदा बिरामीलाई डोकोमा बोकेर अस्पताल लैजानुपर्ने अवस्था थियो, कतिपय बिरामी समयमै अस्पताल पुर्‍याउन नसकिदा ज्यानसम्म जाने गरेको थियो, अब त्यो समस्या अन्त हुने भएको छ ।”

एम्बुलेन्स ल्याउन पहल गर्ने कांग्रेस नेता समेत रहनुभएका जोशीलाई यहाँका नागरिकले धन्यबादसमेत दिएका छन् । गाउँमै एम्बुलेन्स पुगेपछि यहाँका नागरिक निकै खुशी भएकोस्थानीयबासी शान्ति कलेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  २ : ०४ बजे

‘कुलिङ अफ पिरियड’को संशोधन प्रस्तावमा भ्रम सिर्जना गरियो : सांसद शाक्य  

काठमाडौं– राष्ट्रियसभाकी सांसद डाक्टर अञ्जान शाक्यले  राष्ट्रियसभा विधेयकमा आफूले हालेको

‘कुलिङ अफ पिरियड’मा प्रचण्डलाई छानबिनको दायरामा ल्याउनु पर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ

रौतहटमा खानेपानी आयोजना : दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

राैतहट- निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

मुस्ताङ– मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त

खडेरीले सुख्खाग्रस्त मधेसका खेत (ड्रोन तस्बिर)

काठमाडौं– देशभर मनसुनी प्रणाली सक्रिय भएको डेढ महिना भएपनि मधेस