साइप्रसमा फेरि लकडाउन « Khabarhub

साइप्रसमा फेरि लकडाउन


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा फेरि लकडाउन लागु हुने भएको छ । सरकारले अहिले फेरि घोषणा गरेको लकडाउन यही अप्रिल २६ तारिखदेखि लागु हुने पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाभाइरसको महामारी फेरि तिव्र रुपमा फैलिएर धेरै मानिस सङ्क्रमित हुने र धेरैको मृत्यु हुने गरेकाले फेरि लकडाउन लगाउनु परेको उनीहरको भनाई छ । खाद्य तथा पेय पदार्थ विक्रि वितरण गर्ने पसललगायत सवै व्यवसायीक स्थल तथा कार्यालयहरु बन्द गरिने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् ।

त्यसैगरी होटल, रेस्टुरेन्ट, वार, क्याफे, सैलुन, व्युटिपार्लर, जिम तथा डान्स स्कुलहरु पनि बन्द गर्ने निर्णय भएको उनले बताए । स्थानीय समयानुसार राति ९ बजेदेखि विहान ५ बजेसम्म कर्फ्यूसमेत लागु हुने अधिकारीहरुले जानकारी दिएका छन् । लकडाउनको बेलामा थियटर र चलचित्र घरहरु समेत बन्द गरिने भएको छ ।

भिडभाड गर्न तथा भेला हुन प्रतिवन्ध लगाउन थालिएको छ भने कतै हिड्नु पर्नेमा अत्यावश्यक परेकाहरुलाई मात्रै अनुमति दिइने भएको छ । कामदारहरुलाई सकेसम्म निवासबाटै काम गर्न वा काम गर्ने ठाउँमै बस्न प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ ।(रासस/सिन्ह्वा)

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  २ : ५९ बजे

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका

भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा