गण्डकीमा ओली समूहबाट पृथ्वीसुब्बालाई प्रदेश इन्चार्जको जिम्मेवारी « Khabarhub

गण्डकीमा ओली समूहबाट पृथ्वीसुब्बालाई प्रदेश इन्चार्जको जिम्मेवारी


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा— नेकपा एमाले ओली समूहले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पुनः गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ । एमाले स्थायी समिति सदस्यसमेत रहेका गुरुङ यसअघि साविक नेकपाको पनि प्रदेश इन्चार्ज थिए ।

प्रदेश सह–इन्चार्जको जिम्मेवारी तीन जनाले पाएका छन् । गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, संघीय सरकारको कृषिमन्त्री पद्मा अर्याल र लिलबहादुर थापा मगरलाई प्रदेश सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।

प्रदेशको आर्थिक मामिला मन्त्री गुरुङलाई बैदेशिक रोजगार सम्बद्ध संगठनहरुको इन्चार्जसमेत तोकिएको छ । मन्त्री अर्यालले भने सहइन्चार्जका साथै कृषि तथा भूमिसुधार विभाग प्रमुखको जिम्मेवारी पनि पाएकी छन् ।

यस्तै, एमालेले जगत विश्वकर्मालाई गण्डकी प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी तोकेको छ । विश्वकर्मालाई पर्वत जिल्ला इन्चार्ज समेत बनाइएको छ ।

प्रदेश सचिवको जिम्मेवारी दिइएको गोबिन्दबहादुर नेपालीलाई मुस्ताङ इन्चार्ज पनि तोकिएको छ ।

यसैगरी, कास्की इन्चार्जमा मानबहादुर जिसी, तनहुँ इन्चार्जमा एकबहादुर रानामगर, म्याग्दी इन्चार्ज भुपेन्द्र थापा, बाग्लुङ इन्चार्ज मनाकुमारी केसी, लमजुङ इन्चार्ज मायानाथ अधिकारी, स्याङ्जा जिल्ला इन्चार्जमा सिताकुमारी सुन्दास, गोरखा र मनाङ जिल्लाको इन्चार्जमा गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेका रामशरण बस्नेत र नवलपरासीपूर्वी जिल्लाको इन्चार्ज तिलबहादुर महत क्षेत्री (तिलक) लाई तोकिएको छ ।

कास्की इन्चार्जको जिम्मेवारी पाएका जिसी पोखरा महानगरपालिकाका मेयर समेत हुन् भने स्याङ्जा इन्चार्ज सुन्दास जिल्ला समन्वय समिति महासंघकी केन्द्रीय अध्यक्ष हुन् ।

कास्कीका नेता भीमबहादुर कार्कीलाई पोखरा महानगरपालिका इन्चार्जको जिम्मेवारी दिइएको छ ।

कास्कीकै एमालेका नेता पूर्वमन्त्री खगराज अधिकारीले भने स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तथा स्वास्थ्य सम्बद्ध संगठनहरुको इन्चार्जको जिम्मेवारी पाएका छन् ।

गण्डकी प्रदेशमा पनि माधव नेपाल पक्षका नेता कार्यकर्ताहरुले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सदस्यबाहेक अन्य जिम्मेवारी पाएका छैनन् ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ६ : ४६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना