लुम्बिनीमा मन्त्रीलाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा « Khabarhub

लुम्बिनीमा मन्त्रीलाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले कालो झण्डा देखाएका छन् । मन्त्री पाण्डेलाई रुपन्देहीमा उनकै पार्टी जसपाका कार्यकर्ताले विरोधस्वरुप कालो झण्डा देखाएका हुन् ।

लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी र जसपा मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराए पनि अन्तिम समयमा जसपाका चार सांसदले पोखरेललाई साथ दिएका थिए ।

अहिले ती चारैजनालाई मन्त्री बनाइएको छ । पाण्डे तिनैमध्येका एक हुन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै निर्णय बदलेर उनी लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।

मन्त्री पाण्डेलाई मर्यादपुर, मझगावा र गोनहियालगायतका स्थानमा जनता समाजवादी पार्टीकै नेता–कार्यकर्ताले सडकमा अवरोध गरेका थिए । मन्त्री पाण्डेलाई पदलोलुप, व्यक्तिवादी, अनैतिक र धोकेबाज भन्दै उनीहरुले नाराबाजी गरेका थिए ।

जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादव, पूर्वसांसद ओमप्रकाश यादव, केन्द्रीय परिषद सदस्य रुपा मल्ल, केन्द्रीय सदस्य उमाशंकर यादवलगायत विरोधमा उत्रिएका थिए । प्रहरीले बल प्रयोग गरेर मन्त्रीलाई गन्तव्यतर्फ पुर्‍याएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : ४५ बजे

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५