लुम्बिनीमा मन्त्रीलाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा | Khabarhub Khabarhub

लुम्बिनीमा मन्त्रीलाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले कालो झण्डा देखाएका छन् । मन्त्री पाण्डेलाई रुपन्देहीमा उनकै पार्टी जसपाका कार्यकर्ताले विरोधस्वरुप कालो झण्डा देखाएका हुन् ।

लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी र जसपा मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराए पनि अन्तिम समयमा जसपाका चार सांसदले पोखरेललाई साथ दिएका थिए ।

अहिले ती चारैजनालाई मन्त्री बनाइएको छ । पाण्डे तिनैमध्येका एक हुन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै निर्णय बदलेर उनी लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।

मन्त्री पाण्डेलाई मर्यादपुर, मझगावा र गोनहियालगायतका स्थानमा जनता समाजवादी पार्टीकै नेता–कार्यकर्ताले सडकमा अवरोध गरेका थिए । मन्त्री पाण्डेलाई पदलोलुप, व्यक्तिवादी, अनैतिक र धोकेबाज भन्दै उनीहरुले नाराबाजी गरेका थिए ।

जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादव, पूर्वसांसद ओमप्रकाश यादव, केन्द्रीय परिषद सदस्य रुपा मल्ल, केन्द्रीय सदस्य उमाशंकर यादवलगायत विरोधमा उत्रिएका थिए । प्रहरीले बल प्रयोग गरेर मन्त्रीलाई गन्तव्यतर्फ पुर्‍याएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : ४५ बजे

मनाङमा मनाइयो अन्तरराष्ट्रिय योग दिवस

मुस्ताङ– अन्तराष्ट्रिय योग दिवसको अवसरमा मुस्ताङमा विभिन्न कार्यक्रम गरी मनाइएको

‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक’

जनकपुरधाम– मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले दैनिक

इरानमा रहेका नेपालीको उद्धारमा सहयोग गर्न लागेकोप्रति भारतलाई धन्यवाद

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले इरानमा रहेका नेपाली

व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गरौँ : मुख्यमन्त्री सिंह

वीरगञ्ज- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो व्यस्त जीवनशैलीलाई योगामार्फत

संसद्‍मा योगेश भट्टराईको प्रश्न- विपिन जोशीलाई किन स्वदेश फर्काउन सकेनौँ

काठमाडौं– सत्ता साझेदार नेकपा एमालेका सांसद योगेश भट्टराईले इजरायल अध्ययनका