‘कू’ पछिको पहिलो विदेश भ्रमणमा निस्किए बर्मेली सैनिक शासक « Khabarhub

‘कू’ पछिको पहिलो विदेश भ्रमणमा निस्किए बर्मेली सैनिक शासक


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शासन सत्ता आफ्नो हातमा लिएपछि बर्माका सैनिक प्रमुख पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमणमा निस्केका छन् । गत फेब्रुवरी १ मा ‘कू’ मार्फत जन निर्वाचित सत्ता हत्याएपछि कयौँ नागरिकको ज्यान लिएका सेना प्रमुख मिन आङ इन्डोनेसिया पुगेका हुन् ।

सेना प्रमुख आङले त्यहाँ एसियाली नेतृत्वसँग भेटघाट गर्नेछन् । दक्षिण पूर्वी एसियाली क्षेत्रीय संगठन (आसियन)को शिखर सम्मेलनमा सहभागि हुन उनी इन्डोनेसियाको राजधानी जाकार्ता गएका हुन् । नेतृ आङ साङ सूकीसहित शीर्ष नेताहरूलाई हिरासतमा राखेका सेना प्रमुख मिनको यो पहिलो विदेश भ्रमणले उनको विश्वास थप बढाउने निश्चित रहेको विदेशी सञ्‍चार माध्यमले जनाएका छन् ।

आफ्नो निर्वाचित सरकारलाई अपदस्त गरेर शासन सत्ता हातमा लिएका उनले आफ्ना निर्दोश नागरिकलाई अत्याधिक बल प्रयोग गरेर हत्या गरिरहेका छन् । बर्मेली सेनाको व्यापक विरोध भइरहेको छ । निर्वाचित नेताहरूको रिहाईको माग गर्दै दिनहुँ प्रर्दशन भइरहेको छ । त्यही पर्दशनमा आठ सय जति बर्मेलीले ज्यान गुमाई सकेका छन् ।

पछिल्लो समय सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेकाले अन्तर्ष्ट्रिय समुदायले चिन्ता व्यक्त गरिरहेका छन् । तर, छिमेक लगायत मुलुकले भने बर्मेली सेनाको कदमलाई साथ दिए झै बिम्स्टेकमा मन्त्री स्तरीय बैठकमा पनि केही सोधिएन ।

अहिले आसियानको सम्मेलनमा पनि सहभागितामा निम्ता गरिनु वा अहिले नै सम्मेलन गर्नुले त्याहाँको कदमलाई स्वीकार गर्नु भए जस्तै हो आम सर्वसाधारणको धारणा छ ।

यद्यपि सम्मेलन अघिको मन्त्रीस्तरीय बैठकमा बर्मामा प्रजातन्त्रको पुर्वाहलीको लागि छलफल हुने भन्ने विषयमा मत बाझिएको छ । त्यहाँ अहिलेको कदमबारे केही नबोल्ने तर्फ अधिक मुलुक देखा परेकाेबाट स्पष्ट हुन्छ सम्मेलनमा पनि त्यस्तो विषय झिनो आवाजमा उठ्नेछ ।

सेना प्रमुख मिनले सम्मेलनमा जानेबारे भने केही नबताए पनि उनी त्यसतर्फ प्रस्थान गरेका छन् । दश दक्षिण पूर्वी एसियाली मुलुकहरू रहेको यो संगठनका अधिकांश मुलुकले बर्मेली सेनाको कदमको विरोध गर्दै आएका छन् । तर, उनै सेना प्रमुखलाई निम्त्याएर कुन प्रकारको सम्मेलन र विरोध गर्न खोजेका हुन त्यो अनौठो झै देखिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १० : ०३ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००