जनकपुरमा गुडिरहेको गाडीमा अचानक आगलागी « Khabarhub

जनकपुरमा गुडिरहेको गाडीमा अचानक आगलागी


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ ।

शनिबार साँझ करिब पौने ७ बजे जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि गुडिरहेको हायस गाडीमा अचानक आगो लागेको हो ।

गुडिरहेको गाडीमा अचानक आगलागी हुँदा मानवीय क्षति हुनबाट जोगिए पनि गाडी भने पूर्ण रुपमा जलेको छ । गाडीमा आगलागी भएको १५ मिनेटपश्चात् आगो नियन्त्रणमा आइसकेको छ ।

क्षतिग्रस्त गाडीको नम्बर भने अहिले खुल्न सकेको छैन । जनकपुरधामबाट काठमाण्डौसम्म चल्ने उक्त गाडीमा आगलागीका बेला यात्रु समेत रहेको बताइएको छ । तर, यात्रुहरु बेलैमा गाडीबाट ओर्लेका कारण उनीहरु सुरक्षित छन् ।

घटनास्थलमा प्रहरी टोली पुगिसकेको र विस्तृत आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १० : १० बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु