एकै युवकको प्रेममा थिए मनीषा र ऐश्वर्या ! | Khabarhub Khabarhub

एकै युवकको प्रेममा थिए मनीषा र ऐश्वर्या !


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्रीबीचको खटपट सञ्चारमाध्यमका लागि कुनै नयाँ कुरा होइन । प्रायः सेटमा काम गरिरहेका दुई अभिनेत्रीबीच खटपट र झगडाको खबर बाहिर आइरहेकै हुन्छन् ।

तर बलिउडमा यस्ता दुई अभिनेत्री छन्, जसको झगडाका कारण एक अभिनेत्रीलाई रुनु नै परेको थियो । अमर उजालामा प्रकाशित समाचारअनुसार यस्तो अवस्था अभिनेत्रीद्वय ऐश्वर्या राय र मनीषा कोइरालाको जीवनमा आएको थियो ।

मनीषा र ऐश्वर्याले आफूहरुको झगडाको बारेमा मिडियामा अन्तरवार्ता नै दिएका थिए । ऐश्वर्याका अनुसार यो झगडाले उनी आफैं रोएकी थिइन् ।

ऐश्वर्या र अभिनेता सलमान खानबीचको अपूर्ण प्रेमकथा अहिले पनि चर्चित छ । तर ऐश्वर्या सलमान भन्दा अघि प्रख्यात मोडल राजीव मलचंदानीको प्रेममा थिइन् ।

यो कुराको खुलासा मनीषाले एक अन्तरवार्तामा गरेकी थिइन् । ऐश्वर्याको विवाह पछि मनीषाले एक पत्रिकालाई दिएको अन्तरवार्तामा अभिषेक बच्चनसँगको विवाह पछि आफूलाई ऐश्वर्याले अघिल्लो प्रेमीको बारेमा सबै कुरा बताएको खुलासा गरेकी थिइन् ।

राजीव त्यो समयमा मोडलिङमा चिनिएका अनुहार थिए । उनी मनीषाको मिल्ने साथी पनि थिए । मनीषाका अनुसार राजीवले ऐश्वर्यालाई छोडेपछि मनीषलाई रोजेका थिए ।

ऐश्वर्याका लागि यो कुरा निकै ठूलो थियो किनकी त्यो समयमा ऐश्वर्याको करियर सुरु भइरहेको थियो ।

यो घटना सन् १९९४ को थियो । त्यो समयमा मनीषाले दिएको अन्तरवार्तामा आफू राजीवसँग डेट गरिरहेको र आफूसँग सम्बन्धमा रहन ऐश्वर्यासँग राजीवले ब्रेकअप गरेको बताएकी थिइन् ।

त्यसको पाँच वर्ष पछि सन् १९९९ मा ऐश्वर्याले अर्को पत्रिकालाई राजीव आफ्नो मिल्ने साथी मात्र भएको र त्यो भन्दा अरु सम्बन्ध नरहेको दाबी गरेकी थिइन् । उनले राजीवलाई आफूलाई उनको प्रेमकथाको हिस्सा नबनाउन आग्रह गरेको ऐश्वर्याले बताएकी थिइन् ।

ऐश्वर्याका अनुसार दुई महिना राजीव र मनीषा अलग्गिएका थिए । ऐश्वर्याले मनीषाले हरेक दुई महिनामा अलग युवकसँग डेट गर्ने गरेको खुलासासमेत गरेकी छन् । मनीषाले आफूलाई राजीवले लेखेको प्रेमपत्र पढेको बताएपछि आफू निकै रोएकी ऐश्वर्याले बताएकी छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १० : २५ बजे

दिक्तेल रुपाकोट मझुवागढीका नगरप्रमुख भट्टराईले माइतीघरमा थाले सत्याग्रह

काठमाडौं– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई कपाल

‘कुलिङ अफ पिरियड’को संशोधन प्रस्तावमा भ्रम सिर्जना गरियो : सांसद अञ्जान शाक्य  

काठमाडौं– राष्ट्रियसभाकी सांसद डाक्टर अञ्जान शाक्यले  राष्ट्रियसभा विधेयकमा आफूले हालेको

‘कुलिङ अफ पिरियड’मा प्रचण्डलाई छानबिनको दायरामा ल्याउनु पर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ

रौतहटमा खानेपानी आयोजना : दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

राैतहट- निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

मुस्ताङ– मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त