प्रदेश २ मा २५ जना बढी भेला हुन नपाउने, बजार ६ घण्टामात्र खुल्ने | Khabarhub Khabarhub

प्रदेश २ मा २५ जना बढी भेला हुन नपाउने, बजार ६ घण्टामात्र खुल्ने


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना महामारी नियन्त्रण गर्न प्रदेश २ सरकारले चालेको कदमहरुलाई थप प्रभावकारी बनाउन सर्वदलिय संयन्त्र गठन भएको छ ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहको अध्यक्षतामा सात सदस्यीय सर्वदलीय संयन्त्र गठन गरिएको हो ।

संयन्त्रमा नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतो, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत साह, जसपाका सचेतक परमेश्वर साह र प्रदेशसभा सदस्य राम आशिष यादव सदस्य छन् ।

सर्वदलीय बैठकमा मुख्यमन्त्री राउतले कोरोना महामारीविरुद्ध सरकारले हालसम्म चालेको कदमबारे जानकारी गराएका थिए । उनले सरकारको कदममा थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गरेर अघि बढ्नु उत्तम विकल्प रहेको बताए ।

बैठकले कोरोना नियन्त्रण गर्न संघीय सरकारले लागू गरेका निर्णयलाई प्रदेश सरकारले आत्मसात गर्ने जानकारी दिए । सरकारले लाग गरेको निर्णय कडाईका साथ लागू गर्न/गराउन उनले सरोकारवाल निकायलाई निर्देशनसमेत दिएका छन् ।

सरकारले जन्ती, सभा, सम्मेलन, भेला जस्ता कार्यक्रममा २५ जना भन्दा बढी सहभागी हुन नपाईने निर्णय गरेको छ । त्यस्तै सांस्कृतिक कार्यक्रम गर्न रोक्ने, सिनेमा हल बन्द गर्ने, चाडपर्वमा धेरै मानिसहरु जम्मा हुन नपाउने निर्णय समेत भएको गरेको बुझिएको छ ।

प्रदेश सरकारले पनि सोही निर्णयलाई स्थानीय तह र प्रशासनको सहयोगमा कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ।

बजार ६ घण्टामात्र खुल्ने

जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाको बजार दैनिक ६ घण्टा मात्रै खोल्ने निर्णय गरेको छ । बिहान ७ बजेदेखि १० बजेसम्म र अपरान्ह ४ बजेदेखि बेलुकी ७ बजेसम्म मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीडभाडका कारण जोखिम उच्च हुन सक्ने भन्दै जिल्लाका स्थानीय तहलाई फरक फरक दिनमा सेवा दिने गरेका छन् ।

कार्यालयले नियमित काम गर्ने तालिकासमेत सार्वजनिक गरेको हो । तालिकामा एक दिनमा दुईवटा पालिकाको सेवाग्राहीले मात्र सेवा लिन पाउने प्रावधान राखिएको छ ।

अधिकृतलाई दोस्रो पटक कोरोना
प्रदेश २ स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झालाई दोस्रो पटक कोरोना संक्रमण भएको छ । वैशाख ५ गते कोरोना पुष्टि भएपछि होमआइसोलेशनमा बसेका झालाई शुक्रबार अचानक स्वास्थ्यमा खराबी आएपछि चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनलाई ललितपुरस्थित पाटन अस्पतालमा भर्ना गरिएको छ । उनलाई जनकपुरमा उपचार सम्भव नभएपछि पाटन अस्पताल लगिएको परिवारका एक सदस्यले जानकारी दिए ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक समेत रहेका झाले प्रदेश २ मा एकवर्षदेखि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण एवं संक्रमितको तथ्यांक संकलनलगायत महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ७ : ५२ बजे

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत मावि भवनको शिलान्यास

काठमाडौं– मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं– एनसेलका ग्राहकले एनसेल एपमार्फत अब प्रत्येक१०० रुपैयाँ र सो भन्दा

कैलालीमा बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते 

धनगढी– कैलालीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा

विराटनगर महानगरमा पनि एमाले संस्थापनलाई धक्का, ढकाल पक्षका गिरीसहित प्यानलै विजयी

विराटनगर- प्रमुख सत्तारुढ नेकपा एमाले विराटनगर महानगरपालिका कमिटीको निर्वाचनमा पनि