उज्यालोनेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ पक्राउ « Khabarhub

उज्यालोनेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ पक्राउ


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उज्यालोनेटवर्क डटकमको कार्यकारी सम्पादक अनिश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङलाई उज्यालोनेटवर्क कार्यालयबाट प्रहरीले घेरावन्दी गरेर पक्राउ गरेको हो ।

अनामनगरस्थित अनलाइनको कार्यालयमा प्रहरीले घेरा हाली पत्रकार तथा कर्मचारीलाई कार्यालयमै नियन्त्रणमा राखेको थियो ।

पत्रकारहरुको विरोधकाबीच पत्रकार तामाङलाई पक्राउ गरेर प्रहरीले काठमाडौं प्रहरी परिसरमा पुर्याएको छ । यसअघि पत्रकार तामाङले प्रहरी उज्यालो नेटवर्कको कार्यालयमा प्रवेश गरेर आफूहरुमाथि धरपकड गरिरहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

उनले फेसबुकमा लेखेका थिए, ‘उज्यालो नेटवर्कको कार्यलयमा प्रहरीले पुनः धरपकड गरेको छ । म लगायत उज्यालो नेटवर्कको पत्रकारहरुलाई प्रहरीले उज्यालो नेटवर्ककै कार्यलयमा नियन्त्रणमा राखेको जानकारी गराउन चाहन्छु ।’

उनले प्रमाणसहित समाचार लेख्दा पनि धरपकड भएको बताएका छन् । उनले भनेका छन्, ‘खबर त्यो पनि प्रमाणसहित प्रसारण गर्दा फेरि अर्को मुद्दा दायर भएछ । म र मेरो खबरकर्मविरूद्ध खबरकर्मको मैदानबाट कहिले पनि पछि हट्ने छैन । जित सत्यकै हुनेछ ।’

सो अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर धरपकड नगर्न प्रहरीको नाममा अदालतले आदेश दिइसकेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ३ : २५ बजे

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,

युक्रेन युद्धबीच कजानमा पुटिन–आसियान बैठक

एजेन्सी– युक्रेन युद्ध अन्त्य गर्न पश्चिमी मुलुकहरू, विशेषगरी जी–७ ले

महाधिवेशन तयारीबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार