एकै दिन नेपालमा ३१२२ कोरोना संक्रमित थपिए, २८ जनाको मृत्यु « Khabarhub

एकै दिन नेपालमा ३१२२ कोरोना संक्रमित थपिए, २८ जनाको मृत्यु


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९ हजार २९२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने ७८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२ जना, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्रमित भएका छन्।

नयाँ थपिएका सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ११९ पुगेको छ ।

यसैगरी २४ घण्टामा ४५० जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ५७३ पुगेको छ । निको हुनेको दर ९२.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २८ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १६४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १९,३८२ पुगेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ४ : ४७ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।