एकै दिन नेपालमा ३१२२ कोरोना संक्रमित थपिए, २८ जनाको मृत्यु « Khabarhub

एकै दिन नेपालमा ३१२२ कोरोना संक्रमित थपिए, २८ जनाको मृत्यु


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९ हजार २९२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने ७८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२ जना, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्रमित भएका छन्।

नयाँ थपिएका सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ११९ पुगेको छ ।

यसैगरी २४ घण्टामा ४५० जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ५७३ पुगेको छ । निको हुनेको दर ९२.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २८ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १६४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १९,३८२ पुगेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ४ : ४७ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर