सबै तहका परीक्षा स्थगन गर्न सीसीएमसीको सिफारिस « Khabarhub

सबै तहका परीक्षा स्थगन गर्न सीसीएमसीको सिफारिस


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सबै तहका परीक्षा स्थगन गर्न सिफारिस गरिएको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहको परीक्षाहरु स्थगित गर्न मन्त्रिपरिषद्‌लाई सिफारिस गरेको हो ।

भौतिक रुपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरु अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगन गर्नुपर्ने भन्दै सिफारिस गरिएको सीसीएमसीको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।

यस्तो छ सीसीएमसी बैठकको निर्णय

बैठकमा काठमाडौं उपत्यका लगायत कोरोना संक्रमणको जोखिम रहेका ठाउँमा लकडाउन गर्न समेत विज्ञहरुले सुझाव दिएका छन् ।

यसअघि नेपालमा कोरोनाको जोखिम बढेसँगै सीसीएमसीले सबै विद्यालय वैशाख महिनाभर स्थगन गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई मन्त्रिपरिषदले लागू गरिसकेको छ ।

आज मात्रै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २८ थपिएको छ भने एकैदिन ३ हजार १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ७ : १९ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा