बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकिङ कसूर मुद्दामा कैद र जरिवाना तोकिएर फरार हुँदै आएका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

धादिङका प्रकाश न्यौपानेको जाहेरीले वादी नेपाल सरकार रहेको उक्त मुद्दाका प्रतिवादी ध्रुवप्रसाद कँडेललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले जनाएको छ । उच्च अदालत पाटनको विसं २०७७ मङ्सिर १९ को फैसलाले धादिङको बेनीघाट रोलाङ्ग गाउँपालिका–५ बस्ने ४५वर्षीय कँडेललाई सात दिन कैद र रू १२ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो ।

उक्त सजाय बेरुजू रही फरार रहेकामा आजे काठमाडौँको नक्सालबाट उनलाइ पक्राउ गरी फैसला कार्यान्वयनको लागि आजै सम्मानित काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको सीआईवीका उपनिर्देशक गङ्गा पन्तले जानकारी दिए ।

प्रतिवादी कँडेलले विसं २०७५ मा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय गजुरीमा रहेको खाताबाट भुक्तान हुने गरी रु १२ लाख को चेक काटी पीडित न्यौपानेलाई दिएका थिए ।

अदालतले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उक्त सजाय हुने फैसला गरेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १० : १५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम