दीक्षान्त समारोह भर्चुअल माध्यमबाट गरिने « Khabarhub

दीक्षान्त समारोह भर्चुअल माध्यमबाट गरिने


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह भर्चुअल माध्यमबाट गरिने भएको छ ।

यही वैशाख १४ गते गर्न लागिएको समारोहमा सम्मानित हुने विद्यार्थी, विद्यावारिधिका र सिनेट सदस्यबाहेक अन्यको सहभागिता भर्चुअल माध्यमबाट हुने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न विधामा पदक पाउने ४० विद्यार्थी र सिनेट सदस्यहरु २३ जनाको भौतिक उपस्थिति हुने र अन्य दीक्षित हुने विद्यार्थीहरुको सहभागिता भर्चुअल माध्यमबाट हुने जनाएको हो ।

विद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीका अनुसार दोस्रो दीक्षान्त समारोहमा एक हजार २५७ जना विद्यार्थी भर्चुअल माध्यमबाट सहभागी हुनेछन् ।

स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीहरुलाई दीक्षित गरिने छ । स्नातक तहमा कृषि स्नातकबाट ५१२, वन विज्ञान स्नातकबाट २२४, पशु चिकित्सा स्नातकबाट १४०, मत्स्य विज्ञान स्नातकबाट ४४ जना सहभागी हुनेछन् ।

यस्तै, स्नातकोत्तर तहमा कृषिका २२५, जैविक प्रविधिका ६, वन विज्ञानका १४, पशु विज्ञानका ३२, पशु चिकित्साका ३८, मत्स्य विज्ञानका सातजना सहभागी हुने उहाँले बताउनुभयो । यता विद्यावारिधितर्फ १५ जना विद्यार्थी सहभागी हुनेछन् ।

दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ सहितका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहने विद्यालयकी रजिष्ट्रार डा शारदा थपलियाले जानकारी दिए ।

उनका अनुसार विश्वविद्यालयमा हाल तीन हजार ३२३ जना विद्यार्थी अध्ययनरत रहेका छन् । यस विश्वविद्यालयले नेपालको विभिन्न स्थानमा रहेको सातवटा कलेजलाई सम्बन्धन दिई पठनपाठन सञ्चालन गर्दै आएको छ । जसमध्ये ६ वटा कृषि सङ्कायका र एउटा वन विज्ञान सङ्कायको रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ८ : ४१ बजे

यौनकर्मीको कथामा बनेको फिल्म ‘लालिमा’को बुकिङ खुला

काठमाडौं – भोलि शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने

खाडीमा इरानी आक्रमण : कच्चा तेलको मूल्य उकालो, १०० डलर नाघ्यो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा