कर्णालीका चार एमाले सांसदको पद आज खारेज गरिँदै « Khabarhub

कर्णालीका चार एमाले सांसदको पद आज खारेज गरिँदै


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘फ्लोर’ क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगाएका कर्णाली प्रदेशका ४ एमाले सांसदको पद आज खारेज हुँदैछ।

पार्टीको निर्देशन (ह्विप) विपरीत शाहीलाई विश्वासको मत दिएका उनीहरूलाई नेकपा एमालेले कारबाही गरेको हो।

कर्णाली प्रदेशको एमाले संसदीय दलले पदबाट हटाउन भन्दै प्रदेशको संसद सचिवालयमा दर्ता गराएको पत्र आज दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा सभामुख राजबहादुर शाहीले पढेर सुनाउने छन् ।

योसँगै प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीको सांसद पद गुम्ने भएको हो ।

मुख्यमन्त्री शाहीले आफूलाई विश्वासको मत दिने बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, थापालाई भौतिक पूर्वाधार विकास र शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री बनाएका थिए ।

सांसद पद गुमेपछि उनीहरूलाई पुनर्नियुक्ति गरेर ६ महिनासम्म मन्त्री बनाउने तयारी शाहीको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : ५५ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला