कर्णालीका चार एमाले सांसदको पद आज खारेज गरिँदै « Khabarhub

कर्णालीका चार एमाले सांसदको पद आज खारेज गरिँदै


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘फ्लोर’ क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगाएका कर्णाली प्रदेशका ४ एमाले सांसदको पद आज खारेज हुँदैछ।

पार्टीको निर्देशन (ह्विप) विपरीत शाहीलाई विश्वासको मत दिएका उनीहरूलाई नेकपा एमालेले कारबाही गरेको हो।

कर्णाली प्रदेशको एमाले संसदीय दलले पदबाट हटाउन भन्दै प्रदेशको संसद सचिवालयमा दर्ता गराएको पत्र आज दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा सभामुख राजबहादुर शाहीले पढेर सुनाउने छन् ।

योसँगै प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीको सांसद पद गुम्ने भएको हो ।

मुख्यमन्त्री शाहीले आफूलाई विश्वासको मत दिने बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, थापालाई भौतिक पूर्वाधार विकास र शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री बनाएका थिए ।

सांसद पद गुमेपछि उनीहरूलाई पुनर्नियुक्ति गरेर ६ महिनासम्म मन्त्री बनाउने तयारी शाहीको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : ५५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना