सबै परीक्षा सक्ने पक्षमा त्रिभुवन विश्वविद्यालय « Khabarhub

सबै परीक्षा सक्ने पक्षमा त्रिभुवन विश्वविद्यालय


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले बाँकी रहेका सबै परीक्षा सक्ने पक्षमा देखिएको छ ।

वैशाख १९ गते सबै परीक्षा सकिने भएकाले बाँकी विषयलाई जसरी पनि सक्ने पक्षमा त्रिवि लागेको हो  । अहिले त्रिविले स्नातक दोस्रो वर्षको तेस्रो र चौथो वर्षे परीक्षा सञ्चालन गरिरहेको छ ।

त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले विज्ञान, मानविकी र शिक्षा संकायका थोरै विद्यार्थीह संख्या रहेका केही विषयको मात्र परीक्षा गर्न बाँकी रहेकाले त्रिवी सबै परीक्षा सक्ने पक्षमा रहेको बताए ।

उनले भने, ‘विद्यार्थीहरु पनि परीक्षा स्थगीत गर्ने पक्षमा छैनन् । परीक्षा सकेर घर जाने विद्यार्थीहरुको संख्या धेरै भएकाले उनीहरु पनि परीक्षा सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा छन् ।’

परीक्षा सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न त्रिविले आज बैठक बोलाएकाले यस विषयमा थप निर्णय बैठकले गर्ने उनले बताए ।

त्रिवि र विद्यार्थी दुवै पक्ष परीक्षा सञ्चालनमा सकारात्मक देखिएकाले परीक्षा सञ्चालन हुने सम्भावना धेरै रहेको पनि उनले बताए ।

उनले भने, ‘परीक्षा सक्नको लागि सरकारसँग हामी आवश्यक आवश्यक छलफल गछौँ ।’

त्रिविले सोमबार स्नातक दोस्रो वर्षको शिक्षा, मानविकी र विज्ञान विषयको परीक्षा सञ्चालन गरेको छ । सोमबार विहान शिक्षा संकायको परीक्षा सञ्चालन भएको छ भने विज्ञान र मानविकीको १ बजेपछि परीक्षा सञ्चालन हुँदैछ ।

चार दिनमा सबै परीक्षा सकिने र त्रिविलाई पनि परीक्षफल प्रकाशन गर्न सहज हुने भएकाले परीक्षा सक्नुपर्छ भन्ने धारणा रहेको उनले बाताए ।

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले भने सरकारलाई पूर्व निर्धारित परीक्षा रोक्न सिफारीस गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : २५ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट