सबै परीक्षा सक्ने पक्षमा त्रिभुवन विश्वविद्यालय « Khabarhub

सबै परीक्षा सक्ने पक्षमा त्रिभुवन विश्वविद्यालय


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले बाँकी रहेका सबै परीक्षा सक्ने पक्षमा देखिएको छ ।

वैशाख १९ गते सबै परीक्षा सकिने भएकाले बाँकी विषयलाई जसरी पनि सक्ने पक्षमा त्रिवि लागेको हो  । अहिले त्रिविले स्नातक दोस्रो वर्षको तेस्रो र चौथो वर्षे परीक्षा सञ्चालन गरिरहेको छ ।

त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले विज्ञान, मानविकी र शिक्षा संकायका थोरै विद्यार्थीह संख्या रहेका केही विषयको मात्र परीक्षा गर्न बाँकी रहेकाले त्रिवी सबै परीक्षा सक्ने पक्षमा रहेको बताए ।

उनले भने, ‘विद्यार्थीहरु पनि परीक्षा स्थगीत गर्ने पक्षमा छैनन् । परीक्षा सकेर घर जाने विद्यार्थीहरुको संख्या धेरै भएकाले उनीहरु पनि परीक्षा सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा छन् ।’

परीक्षा सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न त्रिविले आज बैठक बोलाएकाले यस विषयमा थप निर्णय बैठकले गर्ने उनले बताए ।

त्रिवि र विद्यार्थी दुवै पक्ष परीक्षा सञ्चालनमा सकारात्मक देखिएकाले परीक्षा सञ्चालन हुने सम्भावना धेरै रहेको पनि उनले बताए ।

उनले भने, ‘परीक्षा सक्नको लागि सरकारसँग हामी आवश्यक आवश्यक छलफल गछौँ ।’

त्रिविले सोमबार स्नातक दोस्रो वर्षको शिक्षा, मानविकी र विज्ञान विषयको परीक्षा सञ्चालन गरेको छ । सोमबार विहान शिक्षा संकायको परीक्षा सञ्चालन भएको छ भने विज्ञान र मानविकीको १ बजेपछि परीक्षा सञ्चालन हुँदैछ ।

चार दिनमा सबै परीक्षा सकिने र त्रिविलाई पनि परीक्षफल प्रकाशन गर्न सहज हुने भएकाले परीक्षा सक्नुपर्छ भन्ने धारणा रहेको उनले बाताए ।

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले भने सरकारलाई पूर्व निर्धारित परीक्षा रोक्न सिफारीस गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : २५ बजे

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग