निषेधाज्ञा निर्णयकाे जिम्मा मन्त्रिपरिषद्लाई दिने प्रजिअहरुकाे निर्णय « Khabarhub

निषेधाज्ञा निर्णयकाे जिम्मा मन्त्रिपरिषद्लाई दिने प्रजिअहरुकाे निर्णय


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरुको बैठकले निषेधाज्ञाको निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई नै दिने निर्णय गरेको छ ।

आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकलाई नै लकडाउन वा निषेधाज्ञाको निर्णय गर्ने जिम्मा दिइएको बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीले बताए ।

उनले काठमाडौं देशकै राजधानी भएकोले यहाँको विषयलाई मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्ने बताए । हिजो आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी तथा हिमाली क्षेत्रमा दुई सय र सहरी क्षेत्रमा पाँच सय बढी संक्रमित भएमा स्थानीय प्रशासनले निषेधाज्ञा तथा लकडाउन गर्न पाउने निर्णय गरेको थियो ।

उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमित पाँच सय माथि संक्रमित छन् । बैठकले काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ ।

निर्णय वैशाख १६ गतेको मध्यरातिबाट लागु हुनेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ३ : ३१ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट