निषेधाज्ञा निर्णयकाे जिम्मा मन्त्रिपरिषद्लाई दिने प्रजिअहरुकाे निर्णय | Khabarhub Khabarhub

निषेधाज्ञा निर्णयकाे जिम्मा मन्त्रिपरिषद्लाई दिने प्रजिअहरुकाे निर्णय


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरुको बैठकले निषेधाज्ञाको निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई नै दिने निर्णय गरेको छ ।

आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकलाई नै लकडाउन वा निषेधाज्ञाको निर्णय गर्ने जिम्मा दिइएको बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीले बताए ।

उनले काठमाडौं देशकै राजधानी भएकोले यहाँको विषयलाई मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्ने बताए । हिजो आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी तथा हिमाली क्षेत्रमा दुई सय र सहरी क्षेत्रमा पाँच सय बढी संक्रमित भएमा स्थानीय प्रशासनले निषेधाज्ञा तथा लकडाउन गर्न पाउने निर्णय गरेको थियो ।

उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमित पाँच सय माथि संक्रमित छन् । बैठकले काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ ।

निर्णय वैशाख १६ गतेको मध्यरातिबाट लागु हुनेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ३ : ३१ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा