आठबीसकोट नगरपालिकाका विद्यालय एक साता बन्द | Khabarhub Khabarhub

आठबीसकोट नगरपालिकाका विद्यालय एक साता बन्द


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पश्चिम रुकुमको आठबीसकोट नगरपालिकाकोे क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरु एक साताका लागि बन्द हुने भएका छन् । नगरपालिकाले सोमबार विज्ञप्ति जारी गरी वैशाख १४ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढ्न थालेका कारण विद्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । विद्यार्थीहरुलाई घरमा बसेर परीक्षाको तयार गर्न निर्देशन दिँदै नगरपालिकाले विद्यालय बन्द गरेको हो ।

नगरपालिकाद्वारा जारी विज्ञप्तिमा विद्यार्थीहरुलाई भीडभाडमा नजान, बिरामी भएका व्यक्तिको सम्पर्कबाट टाढा रहन र विदेशबाट आएका मानिसहरुको सम्पर्कबाट टाढा रहनलगायत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर घरमै बसी परीक्षाको तयारी गर्न भनिएको छ ।

वैकल्पिक प्रणालीबाट शिक्षण सिकाई क्रियाकलापको सुनिश्चितता गरी विद्यालयको प्रत्यक्ष पठनपाठनलाई एक साताको लागि बन्द गर्न नगरपालिकाले विद्यालयलाई अनुरोध गरेको छ ।

त्यस्तै शिक्षक कर्मचारीहरु भने दैनिक रुपमा विद्यालय उपस्थित भई विद्यालयको प्रशासनिक तथा परीक्षा सम्बन्धी तयारी गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ४ : १० बजे

भिजाएर वा अंकुरित, कालो चना यसरी खानुहोस् 

काठमाडौं– जब स्वस्थ आहारको कुरा आउँछ, त्यहाँ केही स्वदेशी सुपरफूडहरू

सप्तकोशीमा बेपत्ता एक सुरक्षाकर्मीको शव भेटियो

इटहरी – विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सर्पदंशबाट बर्सेनि २० हजार प्रभावित, एन्टिभेनममा भारतकै भर

नेपालमा सर्पदंश ठूलो जनस्वास्थ्यको समस्याका रुपमा रहेको छ। नेपालको तराई

उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्यौट

कर्णाली– उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्ष २०८१-८२ को जेठ