एमाले नेपाल-खनाल पक्षले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार « Khabarhub

एमाले नेपाल-खनाल पक्षले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुलाई सोधेको स्पष्टीकरणका विषयमा कारण देखाउ आदेश जारी गरेको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले दायर गरेको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशले कारण देखाउ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्न लागेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले दायर गरेको रिटमा स्पष्टीकरण सोध्ने निर्णयका बारेमा सर्वोच्चले जवाफ मागेको हो ।

सर्वोच्चले वरिष्ठ नेता नेपालको रिटलाई अग्राधिकार दिने आदेश समेत गरेको छ । वरिष्ठ नेता नेपालका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापासहित अधिवक्ता चन्द्रकान्त ज्ञवाली, टिकाराम भट्टराई लगायतले बहश गरेका थिए ।

कारबाही रोक्न अन्तरिम आदेशको माग गरेको भएपनि सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्विकार गरेको छ ।

स्पष्टीकरण सोधिएको भएपनि कारबाही भइनसकेको भन्दे आदेशमा स्पष्टिकरण सोध्ने विषय पार्टीको आन्तरिक कार्य व्यवस्थापन रहेको समेत भनेको छ ।

आदेशमा भनिएको छ,‘प्राम्भिक अबस्थामा पार्टीको आन्तरिक कार्य व्यवस्थापनको शिलशिलामा स्पष्टिकरण सोधिएकै भरमा मात्र माग गरेबमोजिम अन्तरिम आदेश जारी गरिरहनुपर्ने नदेखिदा अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन ।’

वरिष्ठ नेता नेपाल समुहका नेताहरुले भने स्पष्टिकरणविरुद्ध अन्तरिम आदेश मागदाबी गर्दै अदालतमा रिट दायर गरेका थिए ।

अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण पार्टी विधानविपरित भएको भन्दै वरिष्ठ नेता नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे लगाएतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ४ : ५२ बजे

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका,