प्रदेश नं १ मा २०२ सङ्क्रमित थपिए « Khabarhub

प्रदेश नं १ मा २०२ सङ्क्रमित थपिए


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश नंं १ मा २०२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसरीका ३३, ताप्लेजुङका दुई, सङ्खुवासभा, इलाम, उदयपुर र पाँचथरका एकएक तथा प्रदेश बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ६४६ पुगेको छ भने तीमध्ये २९ हजार ९५९ सङ्क्रमणमुक्त भएको छ ।

यो प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २०५ रहेका छन् । पछिल्लो २४ घण्टामा यो प्रदेशमा ७४७ जनाको पिसिआर परीक्षण गर्दा ७६ महिला र १२६ पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

विगत केही दिनदेखि सङ्क्रमितको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुन थालेपछि विराटनगर महानगरपालिकाले सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो भने हिजो विराटनगरमा ७५ जना सङ्क्रमित भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : ५९ बजे

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक